पोखरामा चलिरहेको वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर

  • Technology Khabar | १४ चैत्र २०८१, बिहीबार
पोखरामा चलिरहेको वाडा अटो शोमा बीवाईडी ईभी किन्दा विशेष अफर

काठमाडौं ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ।

पोखरा प्रदर्शनी केन्द्रमा चैत १४ देखि प्रारम्भ भएर १७ गतेसम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ।

आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारी साधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर समेत ल्याएको जनाएको छ।

सो अफर अन्तर्गत २० प्रतिशत डाउन पेमेन्ट, १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्ष फ्रि इन्स्योरेन्स, १ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्रि एसेसरिज, फ्रि होम चार्जर जस्तो सुबिधाहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रकाशित: १४ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १४ चैत्र २०८१, बिहीबार