चोरीका मोबाइल, ल्यापटप तथा ट्याबहरुसहित ७ जना प्रहरीको नियन्त्रणमा

  • Technology Khabar | १४ चैत्र २०८१, बिहीबार
चोरीका मोबाइल, ल्यापटप तथा ट्याबहरुसहित ७ जना प्रहरीको नियन्त्रणमा

काठमाडौं ।

प्रहरीले चोरीका मोबाइल, ल्यापटप तथा ट्याबहरु सहित ७ जनालाई पक्राऊ गरेको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राऊ पर्नेमा काभ्रे, बेथानचोक गा.पा. ५ स्थायी घर भई हाल ललितपुर, सानागाउँ बस्ने वर्ष ३५ को प्रमोद परियार, काभ्रे, खानिखोला गा.पा. ५ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष २६ को गुनराज न्यौपाने, रौतहट, चन्द्रनिगाहपुर न.पा. १ स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष ३० को हेमन्त राना मगर, दोलखा, सैलुङ गा. पा. ६ स्थायी घर भई हाल भक्तपुर जगाती बस्ने वर्ष २८ को शम्भु विश्वकर्मा, सिन्धुपाल्चोक, मेलम्ची न.पा. ११ स्थायी घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने वर्ष २२ को राजेश चालिसे, दोलखा, कालिन्चोक गा.पा. ५ स्थायी घर भई हाल का.जि. चाबहिल बस्ने वर्ष २१ को सबिन पाण्डे र काठमाडौँ, सिनामंगल स्थायी घर भई हाल भक्तपुर ठिमी बस्ने वर्ष २० को प्रकाश कट्वाल रहेका जिल्ला प्रहरी परिसर, काठमाडौंका सूचना अधिकारी अपीलराज बोहराले जानकारी दिएका छन्।

प्रहरीका अनुसार गत चैत ७ गते साँझ ६ बजे ठिमीबाट कोटेश्वर आउने क्रममा सार्वजनिक बसमा सवार यात्रुको साथमा रहेको मोबाइल कोटेश्वर चोक नजिकबाट पाकेटमारी गरी भागेको भन्ने सूचना पाएपछि त्यसमा संलग्न मानिसहरुलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान गरिएको थियो।

प्रहरीकाअनुसार, अनुसन्धानमा उनीहरूले चोरी गरिएको मोबाइल भक्तपुर जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बेच्ने गरेको भन्ने खुल्न आएको छ।

उक्त मोबाईल रिपेयरिङ सेन्टरमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा विभिन्न कम्पनीको मोबाइल २७१ थान, ट्याब ९ थान र ल्यापटप १५ थान बरामद गरी रिपेयरिङ सेन्टर सञ्चालक सहित ७ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएका मोबाइलको विवरण

प्रकाशित: १४ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार