एप्पल आईफोन १७ एयर आईफोन १७ प्रोको तुलनामा कति पातलो हुनेछ भनेर देखाउने नयाँ तस्बिर लीक

Technology Khabar १४ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

विगत केही महिनादेखि एप्पल आईफोन १७ एयर यस वर्षको उत्तरार्धमा अत्यन्तै पातलो प्रोफाइलको साथ आउनेछ भन्ने हल्ला सुनिरहेका छौं। लीक भएका रेन्डरहरूले पहिले नै आईफोन १७ एयर कस्तो देखिनेछ भन्ने कुराको बारेमा झलकहरु प्रदान गरिसकेका छन्। यसै क्रममा अब अनलाइन देखा परेको नयाँ तस्बिरले आईफोन १७ एयर आईफोन १७ प्रोको तुलनामा कति पातलो हुनेछ भनेर देखाएको छ।

अनलाइन देखा परेको उक्त तस्बिरले आईफोन १७ प्रो र आईफोन १७ एयरलाई एकअर्काको छेउमा सँगसँगै देखाएको उल्लेख गरिएको छ। आईफोन १७ प्रो बायाँतिर रहेको छ भने दायाँतिरको आईफोन १७ एयर भएको बताइएको छ। यी सम्भवतः सीएडी रेन्डरहरूमा आधारित थ्रीडी–प्रिन्टेड मोडेलहरू हुन सक्ने बताइएको र एयरको मोटाई प्रो मोडेलको लगभग आधा भएको देख्न सकिने उल्लेख गरिएको छ।

अघिल्ला अफवाहहरूले एप्पल आईफोन १७ एयर मोटाई क्यामरा बम्प बिना ५.५ एमएम हुने दावी गरेको छ। क्यामरा बम्पसहित आईफोन १७ एयरको कुल मोटाई भने ९.५ एमएम पुग्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १४ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया