आउडीको किफायती विद्युतीय सवारी साधन सन् २०२६ मा लन्च गरिने पुष्टि 

  • Technology Khabar | १४ चैत्र २०८१, बिहीबार
आउडीको किफायती विद्युतीय सवारी साधन सन् २०२६ मा लन्च गरिने पुष्टि 

काठमाडौं ।

अडीले आफ्नो किफायती विद्युतीय सवारी साधन सन् २०२६ मा लन्च गर्ने पुष्टि भएको छ। तर पूर्ण रूपमा इलेक्ट्रिक (विद्युतीय) लाइनअपमा अवलम्बन गर्ने आउडीको आफ्नो कार्य भने योजना अनुसार अगाडि नबढेको बताइएको छ।

क्यू८ ई–ट्रोनको कमजोर बिक्रीका कारण अटोमेकरले हालै ब्रसेल्समा आफ्नो कारखाना बन्द गरेको छ।

सन् २०२४ मा, इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) को माग ७.८ प्रतिशतले घटेर १६४,४८० युनिटमा झरेको उल्लेख गरिएको छ।

यो गिरावटलाई ध्यानमा राख्दै, अडीले सन् २०३२ सम्ममा पूर्ण रूपमा विद्युतीय हुने आफ्नो महत्वाकांक्षी लक्ष्यमा पुनर्विचार गरिरहेको बताइएको छ।

यसका साथै, सन् २०२६ पछि नयाँ ग्यास–संचालित कारहरू लन्च गर्न जारी राख्ने सम्भावनाको थप उल्लेख गरिएको छ।

यी कठिनाइहरूको बावजुद, कम्पनीले आफ्नो इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) लाइन विस्तार गर्दै अगाडि बढिरहेको बताइएको छ।

ठूला, महँगो मोडेलहरूलाई प्राथमिकता दिएपछि अडीले अन्ततः अझ एफोर्डेबल इन्ट्रि–लेभल ईभीको विकास गरिरहेको बताइएको छ।

सुरुमा सन् २०२७ को लागि योजना गरिएको भए पनि सन् २०२६ मा उक्त मोडेल लन्च गरिने पुष्टि गरिएको छ।

ए३ खण्डमा नयाँ इलेक्ट्रिक भेहिकल (विद्युतीय सवारी साधन) आउँदैछ भनेर सीईओ गेर्नोट डोलनरले पुष्टि गरेको बताइएको छ।

जर्मनीको इन्गोलस्टाडमा निर्माण गरिनेछ भन्ने बाहेक नयाँ इलेक्ट्रिक (विद्युतीय) कारको बारेमा भने धेरै विवरणहरूको खुलासा नगरिएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १४ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

MAW Vriddhi announces nationwide Mega Exchange Carnival from 12th to 14th Chaitra

  • Technology Khabar
  • १४ चैत्र २०८१, बिहीबार