Technology Khabar १४ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
सोनीले आफ्नो नयाँ वायरलेस इयरबड्स ‘डब्ल्यूएफ–सी७१०एन’ घोषणा गरेको छ। यो नयाँ इयरबड्स दुई वर्ष अघिको ‘डब्ल्यूएफ–सी७००एन’ को उत्तराधिकारी भएको र यो वास्तवमा नै वायरलेस इयरबड्सको नयाँ जोडी भएको बताइएको छ।
कम्पनीको नयाँ डुअल न्वाइज सेन्सर प्रविधिले न्वाइज फिल्टर गर्नको लागि बाहिरी भागमा दुई माइक्रोफोनहरू प्रयोग गरेको हुनाले डब्ल्यूएफ–सी७१०एनमा सुधारिएको एक्टिभ न्वाइज क्यान्सिलेसन सुविधा रहेको बताइएको छ। डब्ल्यूएफ–सी७१०एनको डिजाइन पनि अपडेट गरिएको र भौतिक बटनहरूको सट्टा टच सेन्सेटिभिटी कन्ट्रोल्स समावेश गरिएको उल्लेख छ।
डब्ल्यूएफ–सी७१०एनले आफ्नो पूर्ववर्तीहरूको तुलनामा ब्याट्री जीवन सुधार गरेको बताइएको छ। नयाँ इयरबड्स पहिले भन्दा एक घण्टा बढी र अब ८.५ घण्टासम्म निरन्तर बजाउन सकिने उल्लेख गरिएको छ। केस भित्रको चार्जसँग मिलाएर, नयाँ इयरबड्समा कुल ३० घण्टाको प्ले टाइम पाइने बताइएको छ जुन सी७००एनको अवधिको दोब्बर भएको उल्लेख गरिएको छ।
डब्ल्यूएफ–सी७१०एन गुलाबी, सेतो र कालो रङ्गमा उपलब्ध हुने बताइएको छ। साथै इयरबड्स र चार्जिङ केसको लागि नयाँ ग्लास ब्लू रङ्गको क्लियर प्लास्टिक सेल्स पनि आउने उल्लेख गरिएको छ। डब्ल्यूएफ–सी७१०एनको मूल्य सी७००एनको जस्तै १२० अमेरिकी डलर कायम गरिएको छ।
सोनीले पुराना डब्ल्यूएच–सीएच७२०एन र डब्ल्यूएच–सीएच५२० हेडफोनहरूको लागि नयाँ रङ्गहरूको पनि घोषणा गरेको छ। दुबै हेडफोन नयाँ पेस्टल पिङ्क (गुलाबी) रङ्गमा आउने बताइएको छ भने डब्ल्यूएच–सीएच५२० पेस्टल यल्लो (पहेंलो) रङ्गमा पनि आउने र मूल्यहरू पहिले जस्तै नै रहने छन् भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ चैत्र २०८१, बिहीबार