अन्तरिक्षयात्रीहरूलाई ध्रुवीय कक्षमा पठाउने विश्वकै पहिलो मिसन स्पेसएक्सको फ्राम२ तयार

Technology Khabar १४ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

स्पेसएक्सको पहिलो अन्तरिक्षयात्रीहरूलाई ध्रुवीय कक्षमा पठाउने मिसन छिट्टै प्रक्षेपण हुन लागेको छ।

फ्राम नामक नर्वेजियन समुद्री जहाजबाट नामकरण गरिएको यो मिसनले चार जना चालक दललाई पृथ्वीको उत्तरी र दक्षिणी ध्रुवमाथि उड्ने ९०-डिग्री कक्षमा लैजानेछ। निजी चालक दल अन्तरिक्षमा यस्तो तीव्र कक्षीय झुकावमा उड्ने पहिलो समूह हुनेछ र उनीहरूलाई पृथ्वीका सबैभन्दा टाढाका क्षेत्रहरूलाई एकदमै नयाँ दृष्टिकोणबाट अध्ययन गर्ने अवसर मिल्नेछ।

स्पेसएक्सले गत वर्षको गृष्म ऋतुमा फ्राम२ मिसन र यसको चालक दलको घोषणा गरेको थियो, जसमा माल्टाका उद्यमी चुन वाङ मिसन कमाण्डरका रूपमा छन्।

उनीसँगै नर्वेकी जानिके मिक्केलसेन, अष्ट्रेलियाका एरिक फिलिप्स र जर्मनीकी राबेया रोगे रहेका छन्। मिक्केलसेन यान कमाण्डर, फिलिप्स यान पाइलट र रोगे चालक दलको मिसन विशेषज्ञका रूपमा छन्। चारै जना पहिलो पटक अन्तरिक्ष यात्रामा जान लागेका हुन्।

सपेस डटकमका अनुसार फाल्कन ९ रकेटले फ्राम२ चालक दललाई स्पेसएक्स को क्रू ड्रागन रेजिलियन्समा राखेर चैत १८ (मार्च ३१) भन्दा अघि नउड्ने गरी प्रक्षेपण गर्नेछ। स्पेसएक्सले हप्ताको अन्त्यतिर अनलाइन पोस्टमार्फत चालक दलले क्यालिफोर्नियाको ह:थर्नमा रहेको स्पेसएक्सको क्षेत्रमा आफ्नो तालिम पूरा गरेको जानकारी दिएको थियो।

उक्त पोस्टमा स्पेसएक्सले फ्लोरिडामा रहेको नासाको केनेडी स्पेस सेन्टर को Launch Complex-39A (LC-39A) ह्याङ्गरमा रेजिलियन्स यान पुगेको जानकारी पनि दिएको छ। त्यहाँ, अन्तरिक्ष यानलाई फाल्कन ९ बुस्टरसँग जोडेर अर्को सोमबारको प्रक्षेपणको तयारी गरिने बुझिएको छ। फ्राम२ स्पेसएक्सको सातौँ निजी अन्तरिक्षयात्री मिसन र रेजिलियन्सको चौथो प्रक्षेपण हुनेछ।

रेजिलियन्स अन्तरिक्ष यानले हालसम्म दुवै पोलारिस ड:न मिसनहरू र २०२० मा आईएसएसतर्फ पठाइएको नासाको क्रू-१ मिसनलाई समर्थन गरिसकेको छ।

यो मिसनले स्पेसएक्सका निजी चालक दल भएका उडानहरूको स्थिर गतिलाई निरन्तरता दिन्छ। यसमा इन्सपिरेशन४ (सेप्टेम्बर २०२१) र पोलारिस ड:न (सेप्टेम्बर २०२४) मिसनहरूका लागि गरिएको दुईवटा प्रक्षेपणहरू, साथै २०२२ देखि आईएसएसतर्फ एक्जिअम स्पेसका लागि गरिएका तीनवटा उडानहरू समावेश छन्।

प्रकाशित: १४ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया