ब्रह्माण्डमा हुँदैछ ताराको विशाल विस्फोट, पृथ्वीसम्म देखिनेछ चमक, ८० वर्षपछि पहिलो घटना

  • Technology Khabar | १३ चैत्र २०८१, बुधबार
ब्रह्माण्डमा हुँदैछ ताराको विशाल विस्फोट, पृथ्वीसम्म देखिनेछ चमक, ८० वर्षपछि पहिलो घटना

काठमाडौं ।

चाँडै नै ब्रह्माण्डमा यति ठूलो विस्फोट हुन गइरहेको छ जसको चमक पृथ्वीमा पनि देखिनेछ। पृथ्वीका मानिसहरूले यसै हप्ता ब्रह्माण्डमा भइरहेको ठूलो विस्फोट हेर्न र यो अद्भुत खगोलीय घटना देख्न सक्नेछन्।वैज्ञानिकहरूकाअनुसार ‘टी कोरोने बोरियालिस (T Coronae Borealis)’ नामक सानो र मधुरो प्रकाश भएको तारा विस्फोट हुन लागेको छ।

यो घटना १९४६ पछि पहिलो पटक हुँदैछ। यसको अर्थ यो तारामा हरेक ८० वर्षमा यस्तै विस्फोट हुन्छ जसको प्रकाश पृथ्वीमा पनि पुग्न सक्छ।

टी कोरोने बोरेलिस एउटा सानो तारा हो जुन वैज्ञानिकहरूले चाँडै विस्फोट हुने बताएका छन्। यो ‘नर्दन क्राउन’ नक्षत्रमा अवस्थित छ र विस्फोट हुने संघारमा छ। फोर्ब्सका अनुसार यो अद्भुत दृश्य नाङ्गो आँखाले पनि देख्न सकिन्छ र यो १९४६ पछि हुनेवाला छ।

एसईटीआई (SETI) खगोलशास्त्री र यूनिस्टेलका सह-संस्थापक फ्र्याङ्क मार्किसले गत सेप्टेम्बरमा- तारामा केही परिवर्तनहरू अवलोकन गरिएको छ, जसले संकेत गर्दछ कि यो चाँडै विस्फोट हुन सक्ने बताएका थिए।

किन हरेक ८० वर्षमा तारा विस्फोट हुन्छ?

टी कोरोना बोरेलिस बाइनरी प्रणालीमा बाँधिएको छ। यस्तो प्रणालीमा एउटा ठूलो तारा र एउटा सेतो बाम पुड्के तारा हुन्छ।

अहिलेको अवस्थामा, ठूलो रातो ताराले आफ्नो पदार्थहरु सानो सेतो ताराको सतहमा फ्याँकिरहेको छ। दुबै एकअर्काको धेरै नजिकबाट परिक्रमा गरिरहेका छन्, त्यसैले पदार्थको डम्पिङका कारण सानो ताराको तापक्रम बढिरहेको छ। यदि तापक्रम धेरै बढ्यो भने त्यसमा थर्मोन्यूक्लियर विस्फोट सुरु हुनेछ। अन्ततः सेतो बाम पुड्के ताराले सबै पदार्थलाई अन्तरिक्षमा उडाएर धेरै चम्किलो बनाउनेछ।

अनुमानहरूको आधारमा भनिएअनुसार, लामो समयदेखि प्रतिक्षा गरिएको “नोभा” यहि बिहीबार, मार्च २७ मा विस्फोट हुने बाटोमा हुन सक्छ र केही रातको लागि यो यति उज्यालो हुनेछ कि यो मानव आँखाले नै आकाशमा देख्न सकिनेछ। यो रातको आकाशमा ४८ औं चम्किलो तारा, ‘उत्तरी तारा’ जत्तिकै चम्किलो हुने अपेक्षा गरिएको छ।

प्रकाशित: १३ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार