
काठमाडौं ।
एक्सका इन्जिनियरिङ निर्देशक, हाओफेई वाङले अप्रत्याशित रूपमा कम्पनी छोडेका छन्। यस विषयमा जानकार स्रोतहरूले एक्सका प्रमुख इन्जिनियरिङ अधिकृतले राजीनामा दिएको बताएका छन्।
वाङ पहिलो पटक सन् २०२३ को जुलाईमा इलन मस्कको एक्समा सामेल भएको र कम्पनीको नेतृत्वको अभिन्न अंग बनेका थिए। उनले प्रायः मस्क र कम्पनीका बाँकी इन्जिनियरहरू बीचको माध्यमको रूपमा काम गर्ने गरेको उल्लेख गरएिको छ।
विशेष गरी मस्कले हालै आफ्नो अधिक समय एक्सआई र डीओजीईमा केन्द्रित गरेको हुनाले हाल उनलाई आन्तरिक रूपमा एक्सको इन्जिनियरिङ र प्रोडक्टको वास्तविक प्रमुखको रूपमा हेरिएको थियो भनि विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।
वाङले एक्स किन छोड्दैछन् भन्ने बारेमा स्पष्टता नभएको उल्लेख गरिएको छ।
एक्सले हालसालै माइक डाल्टन र उदय रुद्दराजु गरी दुई नयाँ इन्जिनियरिङ नेतृत्व थपेको रिपोर्ट गरिएको छ। पहिले रोबिनहुडमा रहेका दुबै प्राविधिक नेतृत्वहरू कम्पनीमा जनवरीमा सामेल भएको बताइएको छ।
तिनीहरूको लिंक्डइन प्रोफाइलहरूले तिनीहरू एक्सएआईमा पनि काम गर्छन् भनेर देखाएको बताइएको छ जुन गत वर्षदेखि एक्ससँग बढ्दो रूपमा गाँसिएको टेलिग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १३ चैत्र २०८१, बुधबार