सामसङले दुईओटा एक्सआर स्मार्ट ग्लासेसहरूमा काम गरिरहेको रिपोर्टको दावी

Technology Khabar १३ चैत्र २०८१, बुधबार

काठमाडौं ।

सामसङले तीनवटा मिक्स्ड–रियालिटी डिभाइसहरूमा काम गरिरहेको र ती मध्ये ‘प्रोजेक्ट मुहान’ भनिने एउटा मात्र आधिकारिक रूपमा पुष्टि भएको बताइएको छ जसलाई आधिकारिक रूपमा ग्यालेक्सी एक्सआर भनिने सम्भावना रहेको ईटी न्युजको हालैको रिपोर्टले उल्लेख गरेको छ।

यो एक फुल–फ्लेज्ड भीआर/एआर हेडसेट भएको बताइएको छ भने कोरियाली टेक जायन्टले ‘प्रोजेक्ट हायन’ र प्रोजेक्ट ‘जिन्जु’ गरी थप दुई एक्सआर ग्लासेसहरूमा पनि काम गरिरहेको रिपोर्टले सुझाव दिएको छ।

हायन र जिन्जुलाई बाहिरको लागि स्ट्याण्डर्ड डिजाइनको साथ मिक्स्ड–रियालिटी ग्लासेस भएको/हुने सुझाव दिइएको छ। तिनीहरूमा थिन (पातलो) फ्रेमहरू हुनेछन् भने विभिन्न सेन्सरहरू र सम्भवतः क्यामरा पनि समावेश गरिने बताइएको छ। त्यसैगरी साउण्ड (ध्वनि) पनि फ्रेममाथि बाट नै प्रसारित हुने उल्लेख गरिएको  छ।

सामसङले दुवै जोडी ग्लासेसको डिजाइन र स्पेक्सहरूलाई अन्तिम रूप नदिएको हुनाले तिनीहरू चाँडै आउने सम्भावना नभएको लीकले उल्लेख गरेको छ।

अर्कोतर्फ, सोही रिपोर्टले सामसङले यस वर्षको उत्तरार्धमा ग्यालेक्सी एक्सआर हेडसेटसँगै हायन र जिन्जु ग्लासेसहरू पनि लन्च गर्न सक्ने बताएको छ जसको मूल्य कम्तिमा अमेरिकामा लगभग २,५०० अमेरिकी डलर हुनेछ भनि सुझाव दिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया