हुन्डाईले लुजियानामा स्टिल प्लान्टका लागि पाँच अर्ब ८० करोड डलर लगानी गर्ने

  • Technology Khabar | १३ चैत्र २०८१, बुधबार
हुन्डाईले लुजियानामा स्टिल प्लान्टका लागि पाँच अर्ब ८० करोड डलर लगानी गर्ने

काठमाडौं ।

दक्षिण कोरियाली अटो जायन्ट हुन्डाईले सोमबार संयुक्त राज्य अमेरिकामा अर्बौं डलरको लगानी घोषणा गर्ने ह्वाइट हाउसले घोषणा गरेको छ। यसमा लुजियानाको स्टिल प्लान्टका लागि अर्बौं डलर समावेश हुनेछ।

“हुन्डाईले आज पछि अमेरिकामा २० अर्ब डलरको लगानी घोषणा गर्नेछ, जसमा लुजियानामा स्टिल प्लान्टका लागि पाँच अर्ब ८० करोड डलर समावेश छ”, ह्वाइट हाउसले आफ्नो सोशल मिडिया पोस्टमा थप विवरण नदिई भनेको छ। सोमबार घोषणा हुने भनिएको कोषको कति हिस्सा नयाँ हो भन्ने बारे तत्काल स्पष्ट भएको छैन।

हुन्डाईको अपेक्षित घोषणाले यसलाई जनवरीमा डोनाल्ड ट्रम्प सत्तामा फर्किएपछि संयुक्त राज्य अमेरिकामा अर्बौं डलर लगानी गर्ने योजना घोषणा गर्ने पछिल्लो कम्पनी बनाउनेछ। अमेरिकी राष्ट्रपति ट्रम्पले विदेशबाट संयुक्त राज्य अमेरिकामा उत्पादन रोजगारी स्थानान्तरण नगर्ने कम्पनीहरूमाथि पीडादायक भन्सार शुल्क लगाउने धम्की पटक–पटक दिएका छन्।

यसको प्रतिक्रियामा एप्पल र ओरेकल लगायत घरेलु र विदेशी कम्पनीहरूले आगामी चार वर्षमा अमेरिकी परियोजनाहरूमा सयौँ अर्ब डलर लगानी गर्ने योजना घोषणा गरेका छन्। यससम्बन्धी पहिलो समाचार प्रकाशित गरेको सिएनबिसीका अनुसार लुजियानामा लगानी नयाँ स्टिल प्लान्ट निर्माणको दिशामा जानेछ र यसले करिब एक हजार पाँच सयलाई रोजगारी दिनेछ।

हुन्डाईले ‘नेक्स्ट–जेनेरेसन स्टिल’ उत्पादन गर्नेछ जसलाई यसले आफ्नो अमेरिकी कारखानाहरूमा विद्युतीय वाहनहरू निर्माण गर्न प्रयोग गर्नेछ।-रासस/एएफपी

प्रकाशित: १३ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार