Technology Khabar १३ चैत्र २०८१, बुधबार
काठमाडौं ।
एप्पलले आफ्नो एआई विकासतर्फ धेरै कठिनाइहरूको सामना गरिरहेको छ। कठिनाइहरूको बावजुद क्युपर्टिनो जायन्ट भने नयाँ विचारहरूलाई प्रयोग गर्नबाट नरोकिएको उल्लेख गरिएको छ।
यसै क्रममा एप्पलले साथस्मार्टवाचहरूमा भिजुअल इन्टिलिजेन्स सुविधाहरू ल्याउनको लागि आफ्नो एप्पल वाच सिरिजमा क्यामराहरू थप्ने विचारको खोजी गरिरहेको ब्लूमबर्गका मार्क गर्मनले उल्लेख गरेका छन्।
भिजुअल इन्टिलिजेन्सले प्रयोगकर्ताहरू र तिनीहरूका डिभाइसहरूलाई एआई मार्फत आफ्नो वरपरको संसारसँग अन्तरक्रिया गर्न दिनेछ। यो सुविधाले यस अघि नै आईओएस १८.२ वा त्यसपछिका रन गर्ने आईफोन १६ सिरिजमा आफ्नो बाटो बनाइसकेको छ। यसले गुगलले वर्षौंदेखि लेन्ससँग गरिरहेको जस्तै कार्यक्षमता ल्याउने बताइएको छ।
एप्पल वाच र वाच अल्ट्रा दुवैले क्यामराहरू पाउने अपेक्षा गरिएको छ भने स्ट्याण्डर्ड मोडेलले डिस्प्ले भित्र मोड्युल लागू गर्ने बताइएको छ। साथै अल्ट्राले क्राउन र पावर बटनसँगै यसको आफ्नो साइड (छेउमा) सेन्सर पाउने भनिएको छ। गर्मनले क्यामराले सुसज्जित एप्पल वाचहरू सन् २०२७ सम्ममा लन्च हुन सक्ने बताएका छन्।
क्युपर्टिनोको पाइपलाइनमा क्यामरासहितको एप्पल वाच मात्र वेयरेबल्स नभएको बताइएको छ। यस महिनाको सुरुमा आएको एक रिपोर्टले एप्पलले बिल्ट–इन क्यामराहरू सहितको एयरपडहरू पनि परीक्षण गरिरहेको छ जुन भिजुअल इन्टिलिजेन्स प्राप्त गर्न पनि सेट गरिएको भनि सुझाव दिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १३ चैत्र २०८१, बुधबार