Technology Khabar १३ चैत्र २०८१, बुधबार
काठमाडौं ।
एसरले २०२५ गो एयर ल्यापटप प्रस्तुत गरेको छ। कम्पनीको अल्ट्रा–थिन नोटबुक म्याकबुक एयरको सट्टा विन्डोज विकल्प खोज्नेहरूका लागि डिजाइन गरिएको बताइएको छ।
केवल ९९९ ग्राम तौल भएको यो नयाँ ल्यापटपले १२ घण्टासम्मको ब्याट्री जीवन प्रदान गर्नेर यसले भरपर्दो प्रदर्शनको साथ पोर्टेबिलिटी सन्तुलन गर्ने उल्लेख गरिएको छ। यो ल्यापटप इन्टेलको पछिल्लो कोर २००एच प्रोसेसरहरूद्वारा संचालित रहेको छ भने यसमा १४ इन्च २.२ के डिस्प्ले समावेश गरिएको छ।
ल्यापटपमा १४ इन्चको आईपीएस म्याट स्क्रिन रहेको छ जसले २२४० × १४०० रिजोल्युसन, फुल एसआरजीबी कलर कभरेज, र आँखाको तनाव कम गर्न डीसी डिमिङ प्रदान गर्ने बताइएको छ।
यो डिभाइसको १६ः१० आस्पेक्ट रेसियो र ८८ प्रतिशत स्क्रिन–टु–बडी रेसियोको साथ १८०–डिग्री हिन्जले स्क्रिन साझा गर्न सजिलो बनाउने उल्लेख गरिएको छ। एसरले एन्टी–ग्लेयर प्यानललाई आरामदायी इनडोर (भित्री) र आउटडोर (बाहिरी) प्रयोगको लागि प्रमुख विशेषताको रूपमा हाइलाइट गरेको छ।
गो एयर ३२ जीबीको एलपीडीडीआर५ र्याम र १ टिबी पीसीआईई ४.० एसएसडी सहित आउने बताइएको छ। यो ल्यापटप कोर ५ २१०एच (चार पर्फमेन्स कोर सहित) वा कोर ७ २४०एच (छ पर्फमेन्स कोर सहित) मा चल्ने बताइएको भने छ दुवै डुअल ६ मिमी हिट पाइप र ठूला फ्यानहरू द्वारा चिसो पारिने उल्लेख गरिएको छ।
यसको पातलो डिजाइनको बावजुद यसमा तीनवटा टाइप–सी पोर्टहरू (एउटा डाटा–मात्र, एउटा पूर्ण रूपमा कार्यात्मक), एचडीएमआई २.०, यूएसबी–ए र हेडफोन ज्याक समावेश गरिएका छन्।
गो एयरको सुरुवाती मूल्य कोर ५ मोडेलको लागि ५,२९९ युआन (७३० अमेरिकी डलर) र कोर ७ को लागि ५,६९९ युआन (७८५ अमेरिकी डलर) बाट सुरु हुने बताइएको छ।
यो ल्यापटप प्रिमियम मिड–रेञ्ज विकल्पको रूपमा राखिएको छ भने यसमा ६०वाट–आवर ब्याट्री र वाई–फाई ६ समर्थन पनि उपलब्ध रहेको बताइएको छ। नोटबुकको अन्तर्राष्ट्रिय संस्करण कहिले रिलिज हुन्छ भन्ने बारेमा भने अनिश्चित रहेको गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: १३ चैत्र २०८१, बुधबार