वर्ल्डलिङ्कको इन्टरनेट सेवा १० लाख घरधुरीमा, कोशेढुंगा पार गर्ने पहिलो इन्टरनेट सेवा प्रदायक

Technology Khabar १२ चैत्र २०८१, मंगलवार

वर्ल्डलिङ्कको इन्टरनेट सेवा १० लाख घरधुरीमा, कोशेढुंगा पार गर्ने पहिलो इन्टरनेट सेवा प्रदायक
वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडको कार्यालय जावलाखेलमा रहेको कम्पनीको लोगो र स्लोगन। फाइल तस्बिर

काठमाडौं ।

नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले १० लाख ग्राहक पार गरेको छ। यो एक ऐतिहासिक उपलब्धि भएको कम्पनीले जनाएको छ। यससँगै वर्ल्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान पुर्याउने देशकै पहिलो सेवा प्रदायक बनेको छ।

यस उपलब्धिको अवसरमा कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहारस्वरूप प्रदान गर्ने घोषणासमेत गरेको छ। कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरू प्रति आभार व्यक्त गर्दै भनेको छ, “हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ। सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको छ।”

नेपाललाई डिजिटलरूपमा सबल बनाउने लक्ष्य लिएर अघि बढेको कम्पनीको उद्देश्य सधैंभरि सबैलाई, जहाँसुकै, जस्तोसुकै समयमा पनि इन्टरनेट सेवामा जोड्नु रहेको बताएको छ। यस हिसाबले १० लाख घरधुरीसम्म पुग्नु कम्पनीको डिजिटल नेपाल निर्माण गर्ने संकल्पको एउटा महत्वपूर्ण कोशेढुंगा भएको कम्पनीको बुझाई छ।

करिब ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सा ओगटेको कम्पनीले पाँच हजार बढीलाई रोजगारी दिएको छ। यसबाहेक कम्पनीले देशका १४ हजार बढी स्थानमा निःशुल्क सार्वजनिक वाई-फाई उपलब्ध गराइरहेको जनाएको छ।

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया