फागुन महिनासम्ममा नेपालमा भित्रियो १६ अर्ब ६४ करोडमाथिको चार पाङ्रे विद्युतीय सवारी

Technology Khabar १२ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

फागुन महिनासम्ममा नेपालमा १६ अर्ब ६४ करोड रुपैयाँ हाराहारीको ७ हजार ८० थान विद्युतीय चारपाङ्ग्रे सवारी साधान आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

चालु आर्थिक वर्ष २०८१/८२ को आठौं महिना फागुनसम्म नेपाल भित्रिएका चारपाङ्ग्रे सवारी साधनको समग्र मूल्य १६ अर्ब ६४ करोड ३२ लाख ८७ हजार रुपैयाँ रहेको छ।

अघिल्लो महिना माघसम्म १४ अर्ब ७५ करोड ३ लाख ९७ हजार रुपैयाँ बराबरको ६ हजार २५६ चारपाङ्ग्रे विद्युती सवारी साधन आयात भएका थिए। यसरी हेर्दा माघबाट फागुनसम्मको १ महिनामा १ अर्ब ८९ करोड २८ लाख ९० हजार बराबरको ८२४ चारपाङ्ग्रे सवारी भित्रिएको देखिन्छ।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी, द. कोरिया, इण्डोनेसिया र अमेरिका गरी विश्वका ६ देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५० किलोवाटसम्म१४३६२, ६६, ५०, ९९, ०००
कार, जीप र भ्यानभारत५० किलोवाटसम्म१०९४१, ८८, ७३, ६२, ०००
कार, जीप र भ्यानइण्डोनेसिया५० किलोवाटसम्म१८, ७७, ०००

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन५१ देखि १०० किलोवाटसम्म३१९७८, २५, १८, ७७, ०००
कार, जीप र भ्यानभारत५१ देखि १०० किलोवाटसम्म६८११, ४३, ५७, ६८, ०००
कार, जीप र भ्यानदक्षिण कोरिया५१ देखि १०० किलोवाटसम्म४५, ८९, ०००

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
कार, जीप र भ्यानचीन१०१ देखि २०० किलोवाटसम्म६२४२, ०९, २९, ९२, ०००
कार, जीप र भ्यानसं. रा. अमेरिका१०१ देखि २०० किलोवाटसम्म१६, ६०, ८, ०००
कार, जीप र भ्यानजर्मनी१०१ देखि २०० किलोवाटसम्म२४१६, ४१, ०१, ०००
कार, जीप र भ्यानदक्षिण कोरिया१०१ देखि २०० किलोवाटसम्म १, ५७, ८८, ०००

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन२०१ देखि ३०० किलोवाटसम्म१०६, ७८, ५६, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानजर्मनी२०१ देखि ३०० किलोवाटसम्म२, ६२, ५५, ०००
पिक पावरयुक्त कार, जीप र भ्यानअमेरिका२०१ देखि ३०० किलोवाटसम्म      ४७,९१,०००

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
पिक पावरयुक्त कार, जीप र भ्यानचीन ३०० किलोवाटदेखि माथि८३, २३, ०००

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया