सामसङ ग्यालेक्सी ए२६ भारतमा उपलब्ध

Technology Khabar १२ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

यस महिनाको सुरुमा घोषणा गरिएको सामसङको ग्यालेक्सी ए२६ अब भारतमा आइपुगेको छ। ग्यालेक्सी ए२एक्सको पछिल्लो सदस्यमा ६.७ इन्चको सुपर एएमओएलईडी डिस्प्ले (एफएचडी+ १२० हर्ज), एक्सिनोस १३८० चिपसेट र २५वाट चार्जिङको साथ ५,००० एमएएच ब्याट्री रहेको छ।

त्यसैगरी ग्यालेक्सी ए२६ को पछाडि ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्सको साथमा ५० मेगापिक्सेलको मुख्य क्यामरा समावेश गरिएको छ। डिभाइस सफ्टवेयरतर्फ भने एन्ड्रोइड १५ मा आधारित वान यूआई ७.० द्वारा कभर गरिएको र ६ ओएस अपग्रेडहरूको वाचा गरिएको उल्लेख छ।

ग्यालेक्सी ए२६ ब्ल्याक, पीच, मिन्ट, र ह्वाइट रङ्गहरूङ्गा उपलब्ध हुने बताइएको छ। त्यसैगरी ग्यालेक्सी ए२६ दुईवटा र्याम/स्टोरेज ट्रिमहरूमा आउने उल्लेख गरिएको छ।

८/१२८जीबी संस्करणको मूल्य २४,९९९ भारतीय रुपैयाँ (२९२ अमेरिकी डलर) कायम गरिएको छ भने ८/२५६जीबी मोडेलको मूल्य २७,९९९ भारतीय रुपैयाँ (३२७ अमेरिकी डलर) हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया