एसासिन्स क्रिड श्याडोजको दुई दिनमा खेलाडी संख्या २० लाख पुग्यो

  • Technology Khabar | १२ चैत्र २०८१, मंगलवार
एसासिन्स क्रिड श्याडोजको दुई दिनमा खेलाडी संख्या २० लाख पुग्यो

काठमाडौं ।

यूबीसफ्टको लामो समयदेखि चलिरहेको फ्रान्चाइजीको पछिल्लो किस्ता “एसासिन्स क्रिड श्याडोज” को रिलिज भएको दुई दिनमै २० लाख खेलाडी पुगेको छ। “एसासिन्स क्रिड श्याडोज” मार्च २० तारिखमा रिलिज गरिएको बताइएको छ।

यूबीसफ्टको घोषणा अनुसार, यो कोसेढुङ्गाले यसको पूर्ववर्तीहरू एसासिन्स क्रिड ओरिजिन्स र एसासिन्स क्रिड ओडिसीको प्रदर्शनलाई उछिनेको उल्लेख गरिएको छ।

एसी श्याडोजले रिलिजको २४ घण्टा भन्दा कम समयमा नै १० लाखको अंक पार गर्न सफल भएको हुनाले यो धेरै अचम्मको कुरा नभएको भन्दै विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

यो उपलब्धिको सफलतामा कम्पनीले सामाजिक सञ्जालमार्फत “यात्राको हिस्सा” रहेका प्रशंसकहरूलाई धन्यवाद दिएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...