नेपालमा स्मार्ट वाचको आयात बढ्दो, फागुन महिनामा मात्रै भित्रियो १ करोड रुपैयाँमाथिको ३ हजार थान

Technology Khabar १२ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्षको आठौै महिना फागुनसम्म साढे २२ करोड ७२ लाख ७३ हजारको स्मार्ट वाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा २२ करोड ७२ लाख ७३ हजार बराबरको १ लाख ३० हजार ७३५ थान स्मार्ट वाच आयात भएको छ।

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म स्मार्ट वाचका लागि २२ करोड ७२ लाख ७३ हजार रुपैयाँ देशबाहिर जाँदा सरकारले ६ करोड ८३ लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो महिनासम्ममा नेपालमा २३ मुलुक तथा एउटा नाम नखुलेको ठाउँबाट गरी १ लाख ३० हजार ७३५ थान स्मार्ट वाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै १ लाख १५ हजार ९६७ थान स्मार्ट वाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १६ करोड ९० लाख ८१ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट २ करोड ३२ लाख ६७ हजार बराबरको १३ हजार ३२६ थान र भियतनामबाट ३ करोड ३४ लाख बराबरको १ हजार १५२ थान स्मार्ट वाच भित्रिएको छ।

यस्तो छ विवरण:

क्रं संदेशविवरणरकम (हजारमा)
चीन११५९६७१६९०८१
भारत१३३२६२०९३४
भियतनाम११५२३३४००
जर्मनी७९१०९
यूएई४०१४४
अमेरिका३८2३२
कतार१५११
हङकङ४६४०५
अस्ट्रेलिया१२१५१
१०इजरायल१४१२
११भानुआटु१०१०

यसबाहेक थाइल्याण्ड र दक्षिण कोरियाबाट ६६ हजार र १ लाख ४२ हजार बराबरको समान ७-७ थान, जापान, माल्दिभ्स तथा सिंगापुरबाट समान ३-३ थान, नर्वे, श्रीलंका, बेलायत तथा स्विजरल्याण्डबाट समान २-२ थान र उज्बेकिस्तान, मलेसिया, बेल्जियम तथा नाम नखुलेको एक क्षेत्रबाट समान १-१ थान स्मार्ट वाच आयात भएको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया