Technology Khabar ८ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
चीनको अन्तरिक्ष स्टेशनमा रहेका शेन्झाउ–१९ चालक दलका सदस्यहरूले आगामी केही दिन भित्र आफ्नो तेस्रो एक्स्ट्राभेहिकुलर गतिविधिहरू (इभा) सञ्चालन गर्ने चाइना म्यान्ड स्पेस एजेन्सी (सीएसएमए) ले बिहीबार घोषणा गरेको छ।
यस वर्ष जनवरी २१ मा आफ्नो दोस्रो अन्तरिक्षयात्रा पूरा गरेदेखि चालक दलका सदस्यहरूले भेटघाट र ‘डकिङ’को लागि प्रशिक्षण, अन्तरिक्ष जीवन विज्ञान तथा मानव अनुसन्धान, सूक्ष्म गुरुत्वाकर्षण भौतिकी, नयाँ अन्तरिक्ष प्रविधिहरूको क्षेत्रमा प्रयोग र परीक्षण गर्ने जस्ता कार्यहरूको श्रृङ्खलाबद्ध काम गरेका छन्।
स्पेस डकिङ भनेको दुई अन्तरिक्षयान अन्तरिक्षमा एकसाथ जोडिनुहो। डकिङ स्वचालित वा कम्प्युटरद्वारा नियन्त्रित हुन सक्छ। सीएमएसएका अनुसार उनीहरुले तेस्रो इभाको तयारी पनि गरिसकेका छन्। एजेन्सीले स्पेस स्टेसन सहज रूपमा काम गरिरहेको र चालक दलका तीनै सदस्य स्वस्थ रहेको पुष्टि गरेको छ।-रासस/सिन्ह्वा
प्रकाशित: ८ चैत्र २०८१, शुक्रबार