Technology Khabar ८ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
एप्पलले ट्याप टु पेलाई थप नौवटा यूरोपेली देशहरूमा विस्तार गरेको घोषणा गरेको छ। उक्त नौवटा यूरोपेली देशहरू बुल्गेरिया, फिनल्याण्ड, हंगेरी, लिक्टेनस्टाइन, पोल्याण्ड, पोर्चुगल, स्लोभाकिया, स्लोभेनिया र स्विजरल्याण्ड रहेका छन्।
यसको नामले जे सुकै संकेत गरे पनि ट्याप टु पेले आईफोनबाट खरिद गर्ने क्षमतालाई भने नजनाउने बताइएको छ। ट्याप टु पे भनेको व्यवसायहरूलाई आईफोनमा सम्पर्करहित भुक्तानीहरू स्वीकार गर्न अनुमति दिने र त्यस्को लागि कुनै अतिरिक्त हार्डवेयर वा भुक्तानी टर्मिनल आवश्यक नपर्ने सेवा भएको बताइएको छ।
त्यसैगरी यो सेवा अझै पनि सबै ठाउँका व्यापारीहरूको लागि धेरै उपयोगी हुने उल्लेख गरिएको छ। जीएसएमएरिनाले भने यसको नाम कम भ्रामक राखेको भएको उचित हुने उल्लेख गरेको छ।
माथि उल्लिखित देशहरूमा व्यवसाय गर्नेहरूले अब आईफोन एक्सएस वा पछिको पछिल्लो आईओएस संस्करण चलाउने फोनहरूमा भुक्तानीहरू स्वीकार गर्न सक्ने भएको बताइएको छ।
त्यसैगरी डेबिट वा क्रेडिट कार्डहरू (भिसा, मास्टरकार्ड, डिस्कभर, अमेरिकन एक्सप्रेस) का साथै एप्पल पे, गुगल वालेट र फोन वा स्मार्टवाचहरूमा अन्य डिजिटल वालेटहरू मार्फत सम्पर्करहित भुक्तानीहरू स्वीकार गर्न सकिने उल्लेख गरिएको छ।
ग्राहकहरूको भुक्तानी डाटा “एप्पल पेलाई निजी र सुरक्षित बनाउने उही प्रविधिद्वारा” सुरक्षित गरिएको एप्पलले बताएको छ। सबै कारोबारहरू आईफोनको सेक्योर इलिमेन्ट प्रयोग गरेर इन्क्रिप्टेड र प्रोसेस गरिने भएकोले एप्पललाई के खरिद गरिँदैछ वा कसले किनिरहेको छ भनेर थाहा नहुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ चैत्र २०८१, शुक्रबार