अनलाइन प्रक्रियाबाट काम हुन थालेपछि दोलखाका सेवाग्राही लाभान्वित

  • Technology Khabar | ५ चैत्र २०८१, मंगलवार
अनलाइन प्रक्रियाबाट काम हुन थालेपछि दोलखाका सेवाग्राही लाभान्वित

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय दोलखाले सञ्चालन गरेको निःशुल्क राहदानी र राष्ट्रिय परिचयपत्रको अनलाइन फाराम भर्ने कार्यक्रमबाट एक महिनाको अवधिमा छ सयभन्दा बढी लाभान्वित भएका छन्।

नौ वटै स्थानीय तहको संयुक्त सहयोगमा सञ्चालित सो सेवाबाट एक महिनाको अवधिमा ६६४ जना लाभान्वित भएका कार्यालयका नासु हरिराम न्यौपानेले जानकारी दिए।

उनका अनुसार सेवाग्राहीलाई सहज र निःशुल्क अनलाइन फाराम भर्ने काम कार्यालय अगाडिको गेटमै व्यवस्था मिलाइएको छ। यसअघि एक सय रुपियाँ तिरेर फाराम भर्नुपर्ने झन्झट समाप्त भएको छ। यहाँ फाराम भर्नेबित्तिकै राहदानी र राष्ट्रिय परिचयपत्र लिन सहज भएको छ।

कार्यालयको अभिलेख अनुसार आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा तीन हजार ५४५ राहदानी र १२ हजार २८० राष्ट्रिय परिचयपत्र वितरण गरिएको न्यौपानेले बताए।

आजको गोरखापत्रबाट

प्रकाशित: ५ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...