यूएईको अबुधाबीलाई एआई–समर्थित आधुनिक बनाउन २.५ अर्ब डलरको सम्झौता

  • Technology Khabar | ५ चैत्र २०८१, मंगलवार
यूएईको अबुधाबीलाई एआई–समर्थित आधुनिक बनाउन २.५ अर्ब डलरको सम्झौता

काठमाडौं ।

इटालीको सिनप्सियाले संयुक्त अरब इमिरेट्सको बोल्ड टेक्नोलोजीसँग २.५ अर्ब डलरको सम्झौतामा हस्ताक्षर गरेको छ।

अबुधाबीलाई एआई–समर्थित शहर व्यवस्थापन सेवाहरू प्रदान गर्न यो सम्झौतामा हस्ताक्षर गरिएको सिनप्सियाका सीईओ डेनेएलि मारिनेलीले बताएको टेलिग्राफले उल्लेख गरेको छ।

इटालियन कम्पनीले यातायात, पार्किङ र प्रकोपहरूमा आपतकालीन प्रतिक्रिया जस्ता शहरी मुद्दाहरूलाई सम्बोधन गर्न प्रविधि विकास गर्ने मारिनेलीले थप उल्लेख गरे।

उनले यसलाई “संज्ञानात्मक शहर परियोजना, स्मार्ट सिटी अवधारणाको विकास” भनी उल्लेख गरेको बताइएको छ। मार्च ३ तारिखमा हस्ताक्षर गरिएको सम्झौता अन्तर्गत, बोल्ड टेक्नोलोजीले १८ महिनामा पाँच किस्तामा २.५ अर्ब डलर तिर्ने उल्लेख गरिएको छ।

प्रधानमन्त्री जर्जिया मेलोनीको नेतृत्वमा, इटालीले राजनीतिक विपक्षीहरूले उठाएका मानव अधिकार मुद्दाहरूमा चिन्ताको बाबजुद खाडी देशहरूसँग बलियो आर्थिक सम्बन्ध कायम गरिरहेको छ।

फेब्रुअरीमा भएको द्विपक्षीय शिखर सम्मेलनमा, ‘युएईले कुनै समयसीमा नदिई इटालीमा ४० अर्ब डलर लगानी गर्ने वाचा गरेको’ मेलोनीले बताएका छन्।

छिमेकी कतार र साउदी अरेबियाबाट बढ्दो प्रतिस्पर्धाको बीचमा तेलको धनी उत्पादक संयुक्त अरब इमिरेट्स एआईको नेता बन्ने दौडमा रहेका टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ५ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...