Technology Khabar ५ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
जोबी एभिएसनले बेलायतमा इलेक्ट्रिक एयर (विद्युतीय हवाई) ट्याक्सीहरू ल्याउनका लागि भर्जिन एटलान्टिकसँग साझेदारी गर्दैछ।
बेलायतमा भर्जिन एटलान्टिकसँग साझेदारी कहिले सुरु गर्ने योजना बनाएको छ भन्ने बारेमा भने जोबीले एभिएसनले समयसीमा नदिएको उल्लेख छ।
संयुक्त अरब इमिरेट्स र अमेरिकामा परीक्षण सुरु भएपछि यो बेलायतमा आउने कम्पनीका प्रवक्ताले बताएका छन्।
दुबईमा पहिलो ईभीटीओएल (इलेक्ट्रिक भर्टिकल टेकअफ र ल्यान्डिङ) एयरक्राफ्ट (विमान) डेलिभर गरेपछि जोबी एभिएसनले यस वर्षको उत्तरार्धमा वा अर्को वर्षको सुरुमा दुबईमा परीक्षण सुरु गर्ने आशा गरेको रिपोर्ट गरिएको टेलिग्राफले उल्लेख गरेको छ।
यसले सन् २०२५ मा अमेरिकामा व्यावसायिक सेवा सुरु गर्ने योजना पनि बनाएको तर जोबी एभिएसनले संघीय उड्डयन प्रशासनबाट आवश्यक प्रमाणपत्रहरू प्राप्त गर्न काम गरिरहेकाले त्यो समयसीमा पछाडि धकेल्न सकिने सम्भावना छ।
सन् २०२४ को अक्टोबरमा, कम्पनीले टाइप अप्रुभल प्राप्त गर्ने नजिक रहेको बताएको थियो ।
साथै यसले बेलायतमा पनि प्रमाणपत्रहरू प्राप्त गर्नुपर्ने बताइएको छ।
जोबीको ईभीटीओएल पाइलट, चार यात्रु र केही सामान बोक्न डिजाइन गरिएको बताइएको छ।
यसले ३२१ किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्नेछ जसले गर्दा लिड्सबाट म्यानचेस्टरसम्मको उडान १५ मिनेटको यात्रामा पुग्न सकिने छ।
कम्पनीले अमेरिका, बेलायत, युएई, दक्षिण कोरिया, जापान, भारत र अष्ट्रेलियामा हवाई ट्याक्सी सेवा सुरु गर्ने आफ्नो मनसाय बनाएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ५ चैत्र २०८१, मंगलवार