Technology Khabar ५ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
चीनको स्मार्टफोन बजारमा सामसङको उपस्थिति नगण्य भए पनि यो दक्षिण कोरियाली टेक जायन्ट चीनमा मेमोरी चिप्स आपूर्ति गर्ने प्रमुख खेलाडीको रूपमा देखा परेको छ।
सामसङले सन् २०२३ मा चीनलाई ४४.६ अर्ब डलरको चिप्स निर्यात गरेको र जसले संयुक्त राज्य अमेरिकामा निर्यात गरेको ४२.१ अर्ब डलरलाई उछिनेको हालैको एक रिपोर्टले खुलासा गरेको छ।
यो वर्षिक दरमा ५३.९ प्रतिशत को उल्लेखनीय वृद्धि हो जुन नयाँ डिभाइसहरूको माग बढाउने उद्देश्यले चीनको आर्थिक प्रोत्साहन नीतिहरूद्वारा सञ्चालित छ।
चीनको आक्रामक आर्थिक उपायहरूको रुपमा बजारमा २० अर्ब डलरभन्दा बढी इन्जेक्ट गरिएको बताइएको छ जसले पुराना स्मार्टफोन र होम अपलाइन्सेस्हरूलाई नयाँ मोडेलहरूले प्रतिस्थापन गर्न प्रेरित गरेको छ। यसले मेमोरी चिप्सको मागमा वृद्धि सिर्जना गरेको बताइएको छ जसले सामसङ र एसके हाइनिक्स जस्ता आपूर्तिकर्ताहरूलाई फाइदा पुर्याएको छ।
सामसङले केही हाई–ब्यान्डविथ मेमोरी (एचबीएम) मोड्युलहरूका साथै मुख्यतया एनएएनडी फ्ल्यास, एलपीडीडीआर मेमोरी, ईमेज सेन्सर्स र डिस्प्ले ड्राइभर आईसी हरू चीनलाई आपूर्ति गर्दछ।
सामसङले दोहोरो–ट्र्याक रणनीति पनि अपनाएको उल्लेख छ जहाँ कम्पनीले चीनमा लिगेसी मेमोरी प्रोडक्टहरू र अमेरिका जस्ता पश्चिमी बजारहरूमा उन्नत एचबीएम मोड्युलहरू बिक्री गर्दछ।
सामसङले यो जानकारी सार्वजनिक गर्दै गर्दा अमेरिकाले लगाएको चिप प्रतिबन्धहरूको कारणले चीनमा कम्पनीको वृद्धि चाँडै नै अवरोधमा पर्न सक्ने बताइएको छ। यी प्रतिबन्धहरूले निकट भविष्यमा कम्पनीलाई चीनमा यसको केही सबैभन्दा उन्नत र आकर्षक मेमोरी उत्पादनहरू बेच्नबाट रोक्न सक्ने उल्लेख गरिएको छ।
अमेरिका र चीनबीचको ट्रेड वार जारी रहँदा, उद्योग विश्लेषकहरूले भने यी प्रतिबन्धहरू विस्तार हुन सक्छन्, जसले सामसङ र अन्य मेमोरी निर्माताहरूलाई दुई आर्थिक महाशक्तिहरू बीचको नाजुक सन्तुलन नेभिगेट गर्न बाध्य पार्नेछ भनि चेतावनी दिएका छन्।
अहिलेको लागि, सामसङ चीनको प्राविधिक आपूर्ति श्रृंखलामा एक महत्वपूर्ण खेलाडी बनेको छ, तर कम्पनीको भविष्यको सफलता यसले विकसित भूराजनीतिक परिदृश्यमा कसरी अनुकूलन गर्छ भन्ने कुरामा निर्भर गर्नेछ भनि गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ चैत्र २०८१, मंगलवार