स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारण समिति गठनका लागि प्राधिकरणले पुनः माग्यो आशयपत्र

Technology Khabar ४ चैत्र २०८१, सोमबार

स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारण समिति गठनका लागि प्राधिकरणले पुनः माग्यो आशयपत्र
स्मार्ट टेलिकम प्रालिको ललितपुरस्थित मुख्य कार्यालय। फाइल तस्बिर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले लाइसेन्स खारेज भएको स्मार्ट टेलिकमको सम्पत्तिको मूल्य निर्धारणका लागि समिति गठन गर्न पुनः आशयपत्र आह्वान गरेको छ।

प्राधिकरणले आज एक सूचना प्रकाशित गरी स्मार्ट टेलिकम प्रा.लि. लाई प्राधिकरणबाट मिति २०७० साल वैशाख ०२ गते प्रदान गरिएको आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र (अनुमतिपत्र न. BTSL – ०१) स्वतः खारेज भएकोले मूल्य निर्धारण समिति गठन गर्न नियमानुसार योग्यता पुगेका व्यक्तिहरुबाट यस्तो आशयपत्र माग गरेको हो।

यसअघि पनि नियामक निकायले मूल्य निर्धारण समिति गठन गर्न सूचना जारी गरेको थियो तर योग्य आवेदन नआउँदा मूल्य निर्धारण समिति गठन हुन सकेको थिएन्। अहिले फेरी प्राधिकरणले सूचना पुन: प्रकाशन गरेको हो।

‘अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली २०७९ को नियम १३ को प्रावधान बमोजिम मूल्य निर्धारण समिति गठन गर्नका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरेको र तपसिल बमोजिमको योग्यता तथा अनुभव भएका व्यक्तिहरूबाट ७ दिनभित्र सिलबन्दी आशयपत्र दर्ता गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना पूनः प्रकाशन गरिएको छ’, सूचनामा उल्लेख छ।

सम्पत्ति मूल्य निर्धारण समिति सदस्य पदका लागि आवश्यक योग्यता र अनुभव यसप्रकार तोकिएको छ:

सि नंपदयोग्यताअनुभव
सदस्यमान्यता प्राप्त शैक्षिक संस्थाबाट चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल
गरेको
चार्टर्ड एकाउन्टेन्सीको शैक्षिक उपाधि हासिल गरी कम्तीमा दस वर्ष लेखापरीक्षकको रूपमा काम गरेको व्यक्ति

 

आशयपत्रसाथ संलग्न गर्नुपर्ने कागजातहरु यसप्रकार छन्:

नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि

हस्ताक्षर सहितको व्यक्तिगत विवरण (Bio Data),

व्यक्तिगत विवरण (Bio Data) मा उल्लेख भए बमोजिमको मौलिक प्रमाणपत्र र कार्य अनुभवको पुष्टि हुने कागजात

साथै अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७२ को नियम १३ (२) बमोजिम स्मार्ट टेलिकम प्रा.लि.सँग संलग्नता वा आवद्धता नरहेको भनी हस्ताक्षर गरी स्वघोषणा गरेको कागजात

यसरी कागजात बुझाउँदा क्रम सङ्ख्या  १ र ३ अर्थात् नागरिकता र बायोडाटामा उल्लेख भएको कार्य अनुभव पुष्टि गर्ने कागजातका हकमा भने नोटरी पब्लिकबाट प्रमाणित गरेको हुनुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।

प्रकाशित: ४ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया