चीनमा निर्माण हुने आफ्ना गाडीहरुमा ह्वावेको हाइकार एप समावेश गर्दै बीएमडब्लू

  • Technology Khabar | ४ चैत्र २०८१, सोमबार
चीनमा निर्माण हुने आफ्ना गाडीहरुमा ह्वावेको हाइकार एप समावेश गर्दै बीएमडब्लू

काठमाडौं ।

जर्मन अटोमेकर बीएमडब्लू ग्रुपले सन् २०२६ मा चीनमा निर्माण गरिने आफ्ना नयाँ मोडलहरूमा चिनियाँ प्रविधि कम्पनी ह्वावेको हाइकार एपलाई एकीकृत गर्ने भएको बीएमडब्लूले सोमबार जानकारी दिएको छ।

बीएमडब्लू चीनमा ह्वावेका उपकरणहरू प्रयोग गर्ने आफ्ना सवारीचालकहरूको लागि हार्मोनी अपरेटिङ सिस्टममा आधारित स्मार्ट एप्लिकेसनहरू विकास गर्न ह्वावेईसँग साझेदारी गर्दै गरेको कम्पनीको विज्ञप्तिलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

बीएमडब्लूले आफ्ना आपूर्तिकर्ताहरूसँग “क्रस-साइकल” सहकार्यलाई प्रवर्द्धन गर्न र “स्थानीय चिनियाँ साझेदारहरूको बीएमडब्लूको विश्वव्यापी नवप्रवर्तन प्रणालीमा गहिरो एकीकरण गर्न” काम गरिरहेको समेत विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ४ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...