Technology Khabar ४ चैत्र २०८१, सोमबार
काठमाडौं ।
प्रतिनिधि सभा सदस्य डा. चन्दा कार्की भण्डारीले डिजिटल सेवा प्रणालीलाई जनमुखी, विश्वसनीय र समन्वित बनाउनुपर्ने बताएकी छिन्।
डा. भण्डारीले सांसद सुमना श्रेष्ठका विचारहरूमा सहमति जनाउँदै सरकारले ल्याएको सुसाशन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी अध्यादेशमा १२ वटा कानुन संसोधन गरिँदा यसको वैधता कार्यान्वयन, पारदर्शीता सुनिश्चित गर्न विशेष ध्यान दिन आवश्यक रहेको उल्लेख गरिन्।
‘नागरिक एपको डाटा सुरक्षामा गम्भीर प्रश्न उठिरहेको बताउँदै उनले भनिन्, ‘विधेयकमा नागरिक एपको प्रयोगसम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ भनेर अस्पस्ट भाषा प्रयोग गरिएको देखिन्छ जुन डिजिटल सेवामा विश्वसनियता र पारदर्शिता कायम गर्न अपूरो रहेको महसुस भएको छ।’
त्यसैले सूचना तथा प्रविधि मन्त्रालयको नेतृत्वमा नै नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका तयार गर्न उचित हुने उनले उल्लेख गरिन्। यस्तो निर्देशिकाले निम्न चारवटा प्रमुख कुरा सुनिश्चित गर्नुपर्ने उनको धारणा थियो:
प्रकाशित: ४ चैत्र २०८१, सोमबार