डाटा सुरक्षाको सुनिश्चितता नहुञ्जेल नागरिक एपलाई संस्थागत गर्नु हुन्न: सांसद सुमना श्रेष्ठ

  • Technology Khabar | ४ चैत्र २०८१, सोमबार
डाटा सुरक्षाको सुनिश्चितता नहुञ्जेल नागरिक एपलाई संस्थागत गर्नु हुन्न: सांसद सुमना श्रेष्ठ

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपा सांसद सुमना श्रेष्ठले डाटा सुरक्षाको सुनिश्चितता नहुञ्जेल नागरिक एपलाई संस्थागत गर्न नहुने विचार व्यक्त गरेकी छिन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले भनिन्, ‘हाम्रो डाटा कति सुरक्षित छ? हाम्रा वेवसाइटहरु सुरक्षित छन् कि छैनन्?। यस्तो बेलामा हामीले जबसम् हाम्रो डाटा सेक्युरिटिको सुनिश्चतता हुँदैन तबसम्म नागरिक एपलाई संस्थागत गर्नु हुँदैन।’

उनले हाम्रा डाटा, हाम्रा तथ्याङ्क, हाम्रो पीआईआई (पर्सनल्ली आइडेन्टिफायबल इन्फर्मेसन) को सुनिश्चितता, त्यस्को सेक्युरिटि, त्यो कहाँ स्टोर हुन्छ र कसले त्यसमा पहुँच दिन्छ भन्ने प्रश्न गरिन्।

उनले प्रधानमन्त्री हुँदैमा हाम्रो सबै व्यक्तिगत कुरा हेर्न मिल्ने हो की होइन भन्ने अर्को प्रश्न थप्दै जबसम्म डाटा सुरक्षाको जग तयार गर्दैनौं त्यति बेलासम्म नागरिक एपलाई संस्थागत गर्नु भनेको हामी नेपालीहरूको डाटामा एउटा ह्याकरलाई आनन्दले सबै कुरा एकै ठाउँमा ल्याएर ल ह्याक गर भन्नको लागि सुनिस्चित गरिदिएको जस्तो हुने उल्लेख गरिन्।

प्रकाशित: ४ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार