ओप्पो ए५ प्रो फोरजी सार्वजनिक, यस्ता छन् विशेषता

Technology Khabar ४ चैत्र २०८१, सोमबार

काठमाडौं ।

ओप्पोले सन् २०२४ को डिसेम्बरमा चीनमा डाइमेन्सिटी ७३०० चिपले सुसज्जित ओप्पो ए५ प्रो फाइभजी अनावरण गरेको थियो। त्यस पछि ब्रान्डले गत महिना ओप्पो ए५ प्रो फाइभजीलाई विश्व बजारको लागि परिमार्जित स्पेक्स र डिजाइनको साथ अनावरण गर्यो।

अब, ब्रान्डले मलेसियाली बजारको लागि ए५ प्रोको फोरजी संस्करण अनावरण गरेको छ। डिभाइसको बारेमा थाहा भएका सबै जानकारीहरू यहाँ छन्।

ओप्पो ए५ प्रो फोरजीको स्पेसिफिकेसन र सुविधाहरू

ओप्पो ए५ प्रो (फोरजी) एक बजेट स्मार्टफोन हो जुन यसको बलियो स्थायित्वको साथ अलग देखिन्छ भने यसमा पानी प्रतिरोधको लागि आईपी६९ रेटिङ पनि रहेको छ।

यो डिभाइस पानीमा १.५ मिटरसम्म गहिराइमा ३० मिनेटको लागि राख्दा पनि केही असर नहुने बताइएको छ। यसले १४ मिलिटरी (सैन्य)–ग्रेड स्थायित्व परीक्षणहरू पास गरेको बताइएको छ जसले आकस्मिक ड्रपहरूको प्रतिरोध बढाउँछ।

डिभाइसमा १००० निट्सको पिक ब्राइटनेस र ९० हर्ज रिफ्रेस रेटको साथ ६.६७–इन्च एचडी+ (१६०४×७२० पिक्सेल) एलसीडी स्क्रिन रहेको छ। यो स्मार्टफोन ११ एनएम प्रक्रियामा निर्मित स्न्यापड्रागन ६एस जेन १ चिपसेटद्वारा संचालित हुने बताइएको छ।

फोनमा ८जीबी एलपीडीडीआर४एक्स र्याम र २५६जीबी यूएफएस २.१ स्टोरेज उपलब्ध रहेको छ। ओप्पो ए५ प्रो (फोरजी) मा पावरका लागि ४५डब्ल्यू फास्ट चार्जिङ सपोर्ट भएको ठूलो ५,८००एमएएच ब्याट्री समावेश गरिएको छ।

फोटोग्राफीको लागि, ए५ प्रोको डुअल–क्यामरा सेटअपमा ५०–मेगापिक्सेल क्यामरा र डेप्थ इफेक्टको लागि २–मेगापिक्सेल मोनोक्रोम सेन्सर समावेश रहेको छन्। डिभाइसको अगाडि, सेल्फी र भिडियो कलको लागि ८–मेगापिक्सेल क्यामरा राखिएको उल्लेख छ।

यसले डुअल सिम, वाई–फाई ५, ब्लुटुथ ५.०, डुअल स्पिकर्स, यूएसबी–सी, कलरओएस १५–आधारित एन्ड्रोइड १५ र साइड–फेसिङ फिङ्गरप्रिन्ट स्क्यानर जस्ता अन्य सुविधाहरू प्रदान गर्ने उल्लेख गरिएको छ।

ओप्पो ए५ प्रो (फोरजी) को मूल्य र उपलब्धता
ओप्पो ए५ प्रो (फोरजी) मोचा ब्राउन र ओलिभ ग्रीन रङ्ग विकल्पहरूमा उपलब्ध रहने छन्। यो एकल ८जीबी र्याम + २५६जीबी स्टोरेज भेरियन्टमा आउने बताइएको छ जसको मूल्य २०० अमेरिकी डलर कायम गरिएको गीज्मोचाइनाले उल्लेख गरेको उल्लेख छ।

प्रकाशित: ४ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया