यूरोपेली देश इटलीले चार दूतावासहरूमा स्टारलिङ्क स्थापना गर्यो

Technology Khabar ४ चैत्र २०८१, सोमबार

काठमाडौं ।

इटालीले विश्वभरका चार दूतावासहरूमा स्टारलिङ्क एन्टेनाहरूलाई तिनीहरूको कार्यक्षमता परीक्षण गर्न स्थापना गरेको तर इलन मस्कको कम्पनीसँग भने राष्ट्रिय सुरक्षा सम्झौतामा हस्ताक्षर नगरेको एक मन्त्रीले बिहीबार बताएका छन्।

इटालीको दक्षिणपन्थी प्रशासनले सरकार, कूटनीतिज्ञहरू र खतरनाक क्षेत्रहरूमा कार्यरत रक्षा अधिकारीहरू बीच गुप्तिकरण गरिएको सञ्चारको ग्यारेन्टी गर्ने लक्ष्य राखेको छ भने उक्त प्रणाली प्रदान गर्ने दावेदारहरू मध्ये मस्कको स्टारलिङ्क एक भएको बताइएको छ।

तर सरकार र स्टारलिङ्क बीचको वार्ताले विपक्षी राजनीतिज्ञहरूमा आक्रोश जगाएको बताइएको छ जसले राष्ट्रिय सुरक्षा सम्झौता एक विदेशी व्यापारी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकको सहयोगीलाई हस्तान्तरण गर्ने बुद्धिमानीमाथि प्रश्न उठाएका छन्।

“स्टारलिङ्क उपग्रह प्रणालीहरूसँग केही प्रयोगहरू बुर्किना फासो, बंगलादेश, लेबनान र इरानका कूटनीतिक कार्यालयहरूमा सुरु भएका छन् जुन स्टारलिङ्क एन्टेनाहरूले सुसज्जित थिए भने आजसम्म कुनै पनि सक्रिय छैनन्” भनि संसदीय सम्बन्ध मन्त्री लुका सिरियानीले सिनेटलाई भनेका छन्।

“प्रक्रिया यो हो कि एन्टेनाहरू तिनीहरूको सञ्चालन परीक्षण गर्न मात्र सक्रिय गरिने छन् र त्यसपछि निलम्बन गरिने छन् भने आवश्यक पर्दा मात्र पुनः सक्रिय गरिने छन्” सिरियानीले बताएका छन्।

‘एन्टेनाहरू वर्गीकृत जानकारी आदानप्रदान गर्न प्रयोग गरिने छैन र इटाली र मस्कको स्पेसएक्स बीचको प्रत्यक्ष सम्झौताको भागको रूपमा तैनाथ गरिने छैन, जसको स्टारलिङ्क हिस्सा हो, तर तेस्रो–पक्ष कम्पनीहरूद्वारा स्थापित सम्झौताहरू मार्फत गरिनेछ,’ उनले सांसदहरूलाई बताएका छन्।

“स्टारलिङ्कमा देशको महत्वपूर्ण पूर्वाधारको कुनै विश्वास नभएको” सिरियानीले थप उल्लेख गरे।

स्टारलिङ्क ६,७०० सक्रिय उपग्रहहरूसहित क्षेत्रमा एक प्रमुख शक्ति भएको बताइएको छ। रोमले कुल १.५ अर्ब यूरो (१.६३ अर्ब) बराबरको पाँच वर्षको सम्झौतामा विचार गरिरहेको भनि स्रोतहरूले रोयटर्सलाई बताएकाटेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ४ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया