Technology Khabar ४ चैत्र २०८१, सोमबार
काठमाडौं ।
स्मार्टफोनको डिस्प्लेलाई सुरक्षित राख्नको लागि वर्षौंदेखि स्क्रीन प्रोटेक्टरहरूलाई आवश्यक मानिँदै आएको छ। मानिसहरूले स्क्रीन प्रोटेक्टरहरूलाई स्क्र्याच र क्र्याकहरू रोक्न प्रयोग गर्दै आएका छन्।
प्रविधिको प्रगतिका कारण हालको युगमा भने यी प्रायः अप्रचलित भइसकेका छन्। त्यसैले यहाँ अब स्क्रिन प्रोटेक्टरहरू आवश्यक पर्दैन भनने सबै कारणहरू छन्।
१. एडभान्स्ड ग्लास टेक्नोलोजीः
आधुनिक स्मार्टफोनहरू प्रायः गोरिल्ला ग्लास, सेर्यामिक शिल्ड, वा अन्य ग्लास प्रविधि जस्ता कडा ग्लासले सुसज्जित हुन्छन् जसले स्क्र्याच र प्रभावको लागि उच्च प्रतिरोध प्रदान गर्दछ।
यदि तपाईं प्रिमियम डिभाइस किन्दै हुनुहुन्छ भने डिस्प्ले र ग्लास तह पनि बढी टिकाउ हुने गर्दछन्। सुरक्षाको अतिरिक्त तहको आवश्यकतालाई कम गर्दै यी सामग्रीहरू विशेष रूपमा दैनिक प्रयोगको लागि बनाइएका हुन्छन्।
२. सुधारिएको ड्रप प्रोटेक्कसनः
विगतमा, डिस्प्ले एन्ड्युरेन्स तत्काल प्राथमिकता थिएन। मानिसहरूले आफ्ना स्मार्टफोनहरूलाई खस्नबाट सुरक्षित राख्न सधैं स्क्रीन प्रोटेक्टर र कभर प्रयोग गर्दथे। तर आजको युगमा समग्रमा निर्माण गुणस्तर धेरै बलियो भएको छ। सैन्य स्तरको टिकाउपन भएका मोडेलहरू पनि फेला पार्न सकिन्छ।
धेरैजसो स्क्रीन प्रोटेक्टरहरूले स्लिम (पातलो) प्लास्टिक लेयर (तह) प्रयोग गर्दछ जसले खस्नबाट नगण्य सुरक्षा प्रदान गर्दछन्। डिस्प्ले प्रविधि अझ उन्नत भएको हुनाले, स्क्रिन प्रोटेक्टरहरूले स्क्र्याचबाट जोगाउँछ।
त्यसैले आफ्नो फोनलाई नियमित रूपमा खस्रो सामग्रीहरूबाट पर राखेसम्म स्क्र्याचको जोखिम पनि न्यून हुनेछ। खल्तीमा रहेका चाबी र सिक्काहरूले पनि सामान्यतया एडभान्स्ड ग्लासका स्क्रिनहरू सहजै स्क्र्याच गर्न नसक्ने बताइएको छ।
३. अझ राम्रो डिस्प्ले क्लियारिटीः
स्क्रीन प्रोटेक्टरहरूले स्मार्टफोन डिस्प्लेको भिजुअल क्वालिटीमा हस्तक्षेप गर्न सक्छन्। यी प्रोटेक्टरहरू वास्तविक स्मार्टफोन डिस्प्ले जत्तिकै राम्रो नहुने भएकाले समयसँगै झर्ने र ठोक्किने समस्याले स्क्र्याचहरू बढी देखा पर्नेछन्।
यसले, फलस्वरूप, इमेज क्वलिटी घटाउँदछ। त्यसैले यदि तपाईं केवल झर्ने (ड्रप) को बारेमा चिन्तित हुनुहुन्छ भने, रेज्ड साइडहरू (बेजेल) भएको बलियो केस राम्रो विकल्प हुने बताइएको छ जुन आजकल त्यति आवश्यक मानिदैनन्।
४. निर्माताहरूको वारेन्टी र रिपेयर्सः
स्मार्टफोन ब्रान्डहरूले अब व्यापक वारेन्टी वा किफायती मर्मत कार्यक्रमहरू प्रदान गर्दछन्। उदाहरणका लागि, एप्पलको एप्पलकेयर+ वा सामसङको मर्मत सेवाहरूले क्षतिग्रस्त स्क्रिन फिक्स गर्न अझ सुविधाजनक बनाउँछ जसले स्क्रिन प्रोटेक्टरको आवश्यकतालाई अझ कम गर्दछ।
स्क्रीन प्रोटेक्टरहरूले सुरक्षाको अतिरिक्त तह थपे तापनि तिनीहरू अब धेरैजसो आधुनिक स्मार्टफोनहरूको लागि आवश्यक नपर्ने बताइएको छ। एडभान्स्ड ग्लास र टिकाउ डिजाइनहरूको साथ, तपाईंको फोन दैनिक चुनौतीहरू ह्यान्डल गर्न सक्ने बनाइएको हुन्छ।
बरु स्क्रीनको पर्फमेन्स वा झलकमा सम्झौता नगरी कनर्स वा साइडहरूमा डिस्प्ले फुट्बाट जोगाउनका लागि सुरक्षा थप्न गुणस्तरीय फोन केसमा लगानी गर्ने विचार उत्तम हुने गीज्मोचाइनाले सुझाएको छ।
प्रकाशित: ४ चैत्र २०८१, सोमबार