बैतडीमा थन्किए सत्र हजार राष्ट्रिय परिचयपत्र

Technology Khabar ३ चैत्र २०८१, आईतवार

काठमाडौं ।

बैतडीमा झन्डै १७ हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन्। सेवाग्राहीले लिन नआउँदा छपाइ भएर आएका १६ हजार २०८ थान राष्ट्रिय परिचयपत्र कार्यालयमै रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी पवनकुमार शाहौले जानकारी दिए।

एक वर्षपहिले नै २० हजार परिचयपत्र बैतडी पुगेको भए पनि तीन हजार ९२ परिचयपत्र मात्रै वितरण भएको उनले बताए। राष्ट्रिय परिचयपत्र लिन आउँदा फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले सबै मिलेको जनाएपछि परिचयपत्र दिन मिल्ने सूचना अधिकारी शाहीले बताए।

राष्ट्रिय परिचयपत्र छपाइ भइसकेपछि जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको जानकारी सम्बन्धित व्यक्तिको मोबाइलमा पुग्ने गर्छ, उनले भने, “कतिपय अवस्थामा त्यसबारे जानकारी नहुँदा परिचयपत्र लिन नआएका हुन सक्छन्।”
अध्ययन तथा रोजगारीका लागि जिल्लाबाहिर भएकाले राष्ट्रिय परिचयपत्र लिन नआएको हुन सक्ने उनको भनाइ छ।

भौगोलिक विकटता भएका कारणले पनि अत्यावश्यक भए मात्रै राष्ट्रिय परिचयपत्र लिन आउने गरेको जिल्ला राष्ट्रिय परिचयपत्र लिन आउँदा फाराम भर्दा जस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले सबै मिलेको जनाएपछि परिचयपत्र दिन मिल्ने प्रशासन कार्यालयले जनाएको छ। बैक खाता खोल्नेलगायतका अत्यावश्यक काममा सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ।

जिल्ला प्रशासन कार्यालयबाट अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण सक्कलनको काम भइरहेको कम्प्युटर अपरेटर सुरेन्द्रदेव भट्टले बताए।

राष्ट्रिय परिचयपत्र लिनेभन्दा फाराम भर्नेको सल्या बढिरहेको कम्प्युटर अपरेटर भट्टले बताए। दैनिक २० देखि एक सय जनासम्म राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्न आउने गरेको उनले जानकारी दिए।

छपाइ भएर जिल्लामा पुगेको परिचयपत्र लिनका लागि आठ/दस जना मात्रै आउने गरेका कम्प्युटर अपरेटर भट्टले बताए। बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि एक लाख २२ हजार २२० जनाको विवरण सङ्कलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

आजको गोरखापत्रबाट

प्रकाशित: ३ चैत्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया