इन्टेलले नियुक्त गर्यो नयाँ प्रमुख

Technology Khabar २ चैत्र २०८१, शनिबार

काठमाडौं ।

पूर्व सीईओ प्याट गेल्सिङ्गरले कम्पनी छोडेको तीन महिनापछि इन्टेलले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ।

कम्पनीका नयाँ प्रमुख कार्यकारी अधिकृत लिप–बु ट्यानले सन् २००९ देखि सन् २०२१ सम्म चिप डिजाइन इक्विपमेन्ट र सेवा कम्पनी क्याडेन्सको प्रमुख कार्यकारी अधिकृतको रूपमा र सन् २०२२ देखि सन् २०२४ सम्म इन्टेलको निर्देशक बोर्डको सदस्यको रूपमा काम गरिसकेका छन्।

गेल्सिङ्गरले चार वर्षभन्दा कम समय इन्टेलको सीईओको पदबाट राजीनामा दिएका छन् र कम्पनीले उनको रणनीतिमा विश्वास गुमाएपछि उनले निर्देशक बोर्ड छोडेको भन्ने रिपोर्टहरू चाँडै नै बाहिर आएका विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले उल्लेख गरेको छ।

गेल्सिङ्गरले इन्टेलमा सन् १९७९ देखि सन् २००९ सम्म जम्मा ३० वर्षसम्म काम गरेको र अन्ततः सन् २०२१ मा कम्पनीको सीईओको रूपमा फर्किएका थिए।

ट्यानले मार्च १८ तारिखमा अन्तरिम सह–प्रमुख कार्यकारी अधिकृत डेभिड जिन्सनर र मिशेल (एमजे) जोनस्टन होल्थसबाट सीईओको पदभार ग्रहण गर्नेछन्।

जिन्सर इन्टेलको सीएफओ रहिरहनेछन् भने जोनस्टन होल्थस इन्टेल प्रोडक्ट्सको सीईओ रहने टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया