गुगलले आधिकारिक रूपमा पर्सनलाइजेसनको साथ जेमिनी लन्च गर्यो

Technology Khabar २ चैत्र २०८१, शनिबार

काठमाडौं ।

केही समय अघि गुगल एपको टियरडाउनले तपाईंको सर्च हिस्ट्रीलाई यसको आउटपुट पर्सनलाइज (निजीकृत) गर्न प्रयोग गर्ने आगामी जेमिनी मोडेलको खुलासा गरेको थियो। यसै क्रममा गुगलले बिहीबार यसलाई आधिकारिक रूपमा लन्च गरेको छ।

नयाँ मोडेललाई ‘पर्सनलाइजेसन विथ जेमिनी’ भनिने बताइएको छ भने जेमिनीमा ड्रप–डाउन मोडेल सेलेक्टरमा केवल “पर्सनलाइजेसन” भनेर भन्न पनि सकिने उल्लेख गरिएको छ।

यसलाई तपाईंले अपेक्षा गरे जस्तै “एक्पेरिमेन्टल” (प्रयोगात्मक) भनेर लेबल गरिएको छ भने जेमिनी र जेमिनी एडभान्स्ड सब्सक्राइबरहरुको लागि वेबमा उपलब्ध छ।

त्यसैगरी यो मोबाइलमा पनि “बिस्तारै” रोल आउट गरिने र “४५ भन्दा बढी भाषाहरूमा” युरोपेली आर्थिक क्षेत्र, स्विट्जरल्याण्ड र बेलायतमा बाहेक “विश्वभरका अधिकांश देशहरूमा” उपलब्ध हुने बताइएको छ।

यो मोडेल सेलेक्ट गरेपछि जेमिनी तपाईंको गुगल एपहरू र सेवाहरूसँग कनेक्ट हुनेछ जुन सर्च बाट सुरु हुने बताइएको छ। अहिलेको लागि, यसले तपाईंको सबै सर्च हिस्ट्री एक्सेस गर्न सक्नेछ र “आउने महिनाहरूमा” यो गुगल फोटोज र युट्युबसँग पनि कनेक्ट हुनेछ।

यदि तपाईं यसलाई कुनै पनि कुरा सोधेर अहिले नै यसलाई प्रयोग गर्न चाहनुहुन्छ भने, यसले तपाईंको प्रम्प्टको विश्लेषण गर्नेछ र तपाईंको सर्च हिस्ट्रीले “प्रतिक्रिया बढाउन सक्छ कि सक्दैन” भनेर निर्धारण गर्नेछ। गुगलले “तपाईं आफ्नो जानकारीको नियन्त्रणमा हुनुहुन्छ” भन्ने कुरामा जोड दिन्छ र कुनै पनि बिन्दुमा जेमिनीबाट तपाईंको सर्च हिस्ट्री विच्छेद गर्न सक्ने उल्लेख गरेको छ।

प्रत्येक प्रम्प्ट र क्वेरीको लागि सर्च हिस्ट्री प्रयोग नगरिने र गुगलको “एडभान्स्ड रिजनिङ मोडेल्स” ले यो वास्तवमा उपयोगी छ वा छैन भनेर निर्धारण गर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २ चैत्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया