इलन मस्कको समर्थनमा अमेरिकी राष्ट्रपति ट्रम्पले किने टेस्लाको इलेक्ट्रिक कार

  • Technology Khabar | १ चैत्र २०८१, शुक्रबार
इलन मस्कको समर्थनमा अमेरिकी राष्ट्रपति ट्रम्पले किने टेस्लाको इलेक्ट्रिक कार

काठमाडौं ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार  किनेका छन्। टेस्लाका प्रमुख इलन मस्कले चुनावको समयमा ट्रम्पलाई धेरै सहयोग गरेका थिए। मस्कलाई अमेरिकी सरकारमा पनि महत्वपूर्ण जिम्मेवारी दिइएको छ।

तर, पछिल्ला केही महिनादेखि अमेरिकामा मस्कविरुद्ध वातावरण सिर्जना भइरहेको छ। यसले टेस्लाको शेयर मूल्यमा पनि असर पारेको छ।

टेस्ला कार किन्ने ट्रम्पको निर्णयलाई यस ईभी निर्मातालाई उनको समर्थनको रूपमा हेरिएको छ। ट्रम्पले टेस्लाको विद्युतीय कारको प्रशंसा गर्दै आफूले यो कार चलाउन चाहेको तर त्यसो गर्न अनुमति नभएको बताए। टेस्लाको मोडेल एसमा डुअल-मोटर अल-ह्वील ड्राइभ सेटअप छ। यसको अगाडिको मोटरले २७५ एचपी र पछाडिको मोटरले ५०३ एचपी उत्पादन गर्छ। यसमा ९८ किलोवाट आवरको ब्याट्री छ जसको एकल चार्जको रेन्ज लगभग ५२४ किलोमिटर छ। ट्रम्पले मोडेल एससँगै कम्पनीको साइबरट्रक पनि किनेको बताएका छन्।

जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको पदभार ग्रहण गरेदेखि प्रमुख ईभी कम्पनीहरू मध्ये एक टेस्लाको शेयर मूल्य ४७ प्रतिशतले घटेको छ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा एक पोस्टमा भनेका थिए, “म रिपब्लिकन, रूढिवादी र अमेरिकाका सबै जनतालाई भन्न चाहन्छु कि मस्कले हाम्रो देशलाई मद्दत गर्न ठूलो काम गरिरहेका छन्, तर कट्टरपन्थी वामपन्थीहरूले अवैध गठबन्धन बनाएर टेस्लालाई बहिष्कार गर्ने प्रयास गरिरहेका छन्।”

मस्क र ट्रम्पको विरोध गर्ने अमेरिकीहरूले सामाजिक सञ्जालमा टेस्लाविरुद्ध नकारात्मक पोस्ट गरिरहेका छन्।

प्रकाशित: १ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार