असुसका नयाँ मनिटरहरू सार्वजनिक, मनिटरहरूले पिक्सेल डिस्प्ले गर्नुका साथै हावा पनि शुद्ध पार्ने

Technology Khabar २९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

एसुसले वातावरणीय स्वास्थ्य लाभहरूसँग डिस्प्ले प्रविधिलाई संयोजन गर्दै बिल्ट–इन एयर प्युरिफिकेसन (अन्तर्निहित वायु शुद्धीकरण) सुविधा प्रदान गर्ने मनिटरहरूको नयाँ लाइन प्रस्तुत गरेको छ।

भीयू एयर आयोनाइजर सिरिजमा २३.८–इन्चको भीयू२४९एचएफआई–डब्ल्यू, २७–इन्चको भीयू२७९एचएफआई–डब्ल्यू र ३४–इन्चको भीयू३४डब्ल्यूसीआईपी–डब्ल्यू गरी तीनवटा मोडेलहरू समावेश रहेका छन्।

यी स्क्रिनहरू बिल्ट–इन “भीयू एयर आयोनाइजर”सँग आउँदछन् जसले एसुसका अनुसार, तीन घण्टाको लागि एक घन मिटर भित्र हावामा रहेको ९० प्रतिशत सम्म धुलो र प्रदूषकहरू हटाउनेछ भनि विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

यो सुविधाले विशेष गरी धुलो वातावरणमा प्रयोगकर्ताहरूको लागि हावाको गुणस्तर सुधार गर्ने लक्ष्य राखेको बताइएको छ भने एयर आयोनाइजेसन प्रविधि यसको प्रभावकारिताको सन्दर्भमा बहसको विषय बनेको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया