एप्पलले आईफोनको लागि आईओएस १८.३.२ जारी गर्यो

  • Technology Khabar | २९ फाल्गुन २०८१, बिहीबार
एप्पलले आईफोनको लागि आईओएस १८.३.२ जारी गर्यो

काठमाडौं ।

एप्पलले आईफोनहरूको लागि आईओएस १८.३.२ जारी गरेको छ। अपडेटले बग फिक्सेस (समाधान) र सुरक्षा सुधारहरू ल्याएको उल्लेख छ र यो आईओएस १८.३.१ जारी भएको एक महिना पछि आएको बताइएको छ।

आईओएस १८.३.२ अब उपलब्धः
आईओएस १८.३.२ को लागि बिल्ड नम्बर २२ डी८२ रहेको बताइएको छ भने सेटिङ्स एपमा गएर, जेनेरल छनौट गरेर त्यसपछि सफ्टवेयर अपडेटहरू छनौट गरेर अपडेट स्थापना गर्न सकिने उल्लेख गरिएको छ।

एप्पलको रिलीज नोट्समा “यस अपडेटले महत्त्वपूर्ण बग फिक्सेस, सुरक्षा अपडेटहरू प्रदान गर्दछ र केही स्ट्रिमिङ कन्टेन्टको प्लेब्याक रोक्न सक्ने समस्यालाई सम्बोधन गर्दछ” भनि बताइएको छ।

त्यसैगरी एप्पलले आफ्नो वेबसाइटमा आईओएस १८.३.२ सुरक्षा समाधानको बारेमा पूर्ण विवरणहरू प्रकाशित गरेको छ।

आईओएस १८.३.२ को अतिरिक्त, एप्पलले म्याकको लागि म्याकोस सेक्वोइया १५.३.२, एप्पल भिजन प्रोको लागि भिजनओएस २.३.२, आईप्याडको लागि आईप्याडओएस १८.३.२ र एप्पल टिभीको लागि टिभीओएस १८.३.२ जारी गरेको ९टु५म्याकले रिपोर्ट गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...