क्यूआर कोडमा आधारित कारोबार रकम र सङ्ख्या लगातार बढ्दै, माघमा मात्रै ४ अर्ब ६८ करोडमाथिको कारोबार

  • Technology Khabar | २९ फाल्गुन २०८१, बिहीबार
क्यूआर कोडमा आधारित कारोबार रकम र सङ्ख्या लगातार बढ्दै, माघमा मात्रै ४ अर्ब ६८ करोडमाथिको कारोबार
QR Code contactless Pay. Picture: freepik.com

काठमाडौं ।

नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या पछिल्लो तीन महिनामा लगातार बढ्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या कम्तीमा पछिल्लो तीन महिनामा लगातार बढेको पाइएको हो।

असोजबाट कार्तिक महिनामा जाँदा क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या घटेको थियो। तर कार्तिकबाट मंसिर, मंसिरबाट पौष तथा पौषबाट माघमा जाँदा कारोबार रकम र सङ्ख्या दुवैमा उल्लेख्य वृद्धि भएको पाइएको छ।

क्यूआरमार्फत् हुने कारोबार सङ्ख्या

गत कार्तिकबाट मंसिरमा जाँदा ४० लाख ३१ हजार २३९ बढेर २ करोड ३३ लाख ४२ हजार ६८४ मा पुग्यो। यो बढ्ने क्रम मंसिरबाट पौषमा जाँदा पनि जारी रह्यो र उक्त अवधिमा क्यूआर मार्फत् हुने कारोबार सङ्ख्यामा ११ लाख ७४ हजार ३९२ ले वृद्धि भएर २ करोड ४५ लाख १७ हजार ७६ पुग्यो। हालैको प्रतिवेदनले पौषबाट माघमा जाँदा १७ लाख ८९ हजार ८९९ ले बढेर समग्रमा २ करोड ६३ लाख ९ हजार ९४५ पुगेको देखाएको छ।

क्यूआरमार्फत् हुने कारोबार रकम

यो रकम कार्तिकबाट मंसिरमा जाने क्रममा ५ अर्ब ४३ करोड बढेर ७२ अर्ब २९ करोड २० लाखमा उक्लियो। यो क्रम अर्को महिना अर्थात् मंसिरदेखि पौष लाग्दा पनि कायमै रह्यो। उक्त अवधिमा क्यूआर मार्फत् हुने कारोबार रकम ९३ करोड ५० लाख बढेर ७३ अर्ब २२ करोड ५० लाखमा पुग्यो।

यसैगरी पौषबाट माघमा जाँदा भने यो रकममा उल्लेख्य अर्थात् ४ करोड ६८ लाख ४० हजार रुपैयाँ बढेर समग्रमा ७७ अर्ब ९० करोड ९० लाख रुपैयाँमा पुगेको माघ महिनाको प्रतिवेदले देखाएको छ।

प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार