भिडियो कलको जवाफ दिनुअघि क्यामरा बन्द गर्ने विकल्पको तयारी गर्दै ह्वाट्सएप

Technology Khabar २९ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

विश्वव्यापी रूपमा लोकप्रिय व्हाट्सएप एप्लिकेसनले भिडियो कलको समयमा प्रयोगकर्ता सुरक्षा सुधार गर्ने उद्देश्यले नयाँ सुविधा परीक्षण गरिरहेको टेलिग्राफले जनाएको छ।

भिडियो कलको जवाफ दिने वा नदिने भन्ने कुरामा निश्चित नभएका र आमनेसामने कुराकानी गर्नको लागि तयार नहुने वा नचाहनेहरुको लागि व्हाट्सएपले समाधानको तयारी गरिरहेको हो।

हाल व्हाट्सएपमा भिडियो कल आउँदा अगाडिको क्यामरा स्वतः सक्रिय हुने र क्यामरा बन्द गरेर कल स्वीकार गर्ने कुनै विकल्प छैन।

केही प्रयोगकर्ताहरूको लागि यो समस्या नहुन सक्छ भने कोही परिस्थितिहरू अनुसार क्यामरा बन्द राख्न चाहन्छन्। अहिलेको लागि, कलको जवाफ दिएर त्यसपछि मात्र क्यामरा बन्द गर्न सम्भव भएको र जुन अब छिट्टै परिवर्तन गरिने भएको छ।

एन्ड्रोइडको लागि व्हाट्सएपको पछिल्लो बिटा संस्करणको विश्लेषण गर्दै, एन्ड्रोइड आथोरिटीले “टर्न अफ योर भिडियो” नामक नयाँ विकल्प पत्ता लगाएको उल्लेख छ जुन प्रयोगकर्ताले भिडियो कल स्वीकार गर्दा देखा पर्नेछ। यो विकल्प चयन गरेरपछि क्यामरा बन्द रहने र भ्वाइस मोडमा मात्र कल स्वीकार हुनेछ।

त्यसैगरी इन्टरफेसले “एक्सेप्ट विदाउट भिडियो” अप्सन (भिडियो बिना स्वीकार गर्नुहोस् विकल्प) पनि डिस्प्ले गर्नेछ जसले प्रयोगकर्तालाई भिडियोमा नदेखिई कल सुरु गर्न सघाउनेछ।

यदि कलको समयमा पछि गएर उनीहरूले आफ्नो मनस्थिति परिवर्तन गरेको खण्डमा भने उनीहरूले “टर्न अन योर भिडियो” (तपाईंको भिडियो खोल्नुहोस्) विकल्प चयन गर्न र भिडियो मोडमा स्विच गर्न सनेछन्।

विशेष गरी यौन सामग्रीमार्फत जबरजस्ती रकम असुल्ने घटनाहरूमा भइरहेको वृद्धिलाई ध्यानमा राख्दै यो सुविधा राम्रो समयमा आएको बताइएको छ। भारतमा, स्क्यामरहरूले भिडियो कलहरू पठाएर त्यसपछि पीडितको अनुहार देखिने ठाउँमा फोटो खिच्ने र निश्चित रकम तिर्न लगाउँदै नसकेको खण्डमा यसलाई प्रकाशित गर्ने धम्की दिने गरेका छन्।

व्हाट्सएपले यो सुविधा कहिले सार्वजनिक रूपमा उपलब्ध हुनेछ भनेर आधिकारिक रूपमा घोषणा नगरेको र प्रयोगकर्ताहरूले यो सुविधाको लागि लामो समय पर्खनु नपर्ने अपेक्षा गरिएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २९ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया