नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपेबीच रणनीतिक साझेदारी

Technology Khabar २८ फाल्गुन २०८१, बुधबार

काठमाडौं ।

विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रको अग्रणी कम्पनी भिसाले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन ‘स्क्यान टु पे’ सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ।

यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा रहेको बताइएको छ।

भिसा र फोनपेको यो ‘स्क्यान टु पे’ सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी क्यूआर व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउनेछ।

अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन्।

भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, “नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं। यो भिसाको फोनपेसँगको साझेदारीमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो, र हामी देशमा भुक्तानी गर्ने र भुक्तानी पाउने थप नवीन, सरल र सुरक्षित तरिकाहरू ल्याउन उत्सुक छौं।”

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले भने, “यो साझेदारी फोनपेको क्यूआर योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम हो, जसले विश्वभरका भिसा कार्डवाहकहरूलाई क्यूआर भुक्तानी स्वीकृतिजस्ता वैकल्पिक भुक्तानी मार्गहरूमा निर्बाध र सुरक्षित डिजिटल कारोबार अनुभव प्रदान गर्दछ। भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको मजबूत त्तच् पूर्वाधारले सीमापार लेनदेनलाई अझ पहुँचयोग्य र सुविधाजनक बनाउँदै नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउनेछ । यसले साना – ठूला सबै व्यवसायीहरूलाई फाइदा पुग्नेछ र नेपालमा वित्तीय समावेशीकरणलाई अझ बलियो बनाउनेछ।”

नेपाल र एसियामा सबैभन्दा लोकप्रिय भुक्तानी विधिहरू मध्ये एक क्यूआर कोडले नेपालका लाखौं व्यापारीक आउटलेटहरूमा नगदरहित भुक्तानीलाई सरल बनाउँदै कारोबारको समय घटाउनुका साथै सुरक्षित डिजिटल भुक्तानीलाई सशक्त गर्नेछ।

साना व्यवसायहरूले एइक् मेशिन नभएकै अवस्थामा कार्ड भुक्तानी स्वीकार गर्न सक्नेछन भने ठूला खुद्रा पसलहरूले ग्राहकहरूलाई छिटो र सजिलो भुक्तानी सेवा प्रदान गर्नुका साथै धोखाधडीबाट जोगिने सुविधा पनि थपिनेछ ।

भिसाले नेपालमा डिजिटल भुक्तानीको प्रयोग र स्वीकार्यता बढाउन बैंक र साझेदारहरूसँग निरन्तर काम गर्दै आएको छ । फोनपेमार्फत भिसा कार्ड प्रयोग गर्ने सुविधा नेपाललाई डिजिटल बनाउने भिसाको प्रतिबद्धताको अर्को ऐतिहासिक कदम हो। यसले नेपालमा डिजिटल भुक्तानीको भविष्यलाई नयाँ आयाम दिने अपेक्षा छ।

भिसा विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी कम्पनी, जसले २०० भन्दा बढी देश र क्षेत्रहरूमा उपभोक्ता, व्यापारी, वित्तीय संस्थानहरू र सरकारी निकायहरू बीच लेनदेनलाई सहज बनाउँछ।

यसको मिशन विश्वलाई सबैभन्दा नवीन, सुविधाजनक, विश्वसनीय र सुरक्षित भुक्तानी नेटवर्कमार्फत जोड्नु हो, जसले व्यक्ति, व्यवसाय र अर्थतन्त्रहरूलाई समृद्ध बनाउन सहयोग गर्दछ। सबैलाई समेट्ने अर्थतन्त्रले सबैलाई अगाडि बढाउँछ, र मुद्रा प्रवाहको भविष्यको लागि पहुँच नै मूलभूत आधार हो भन्ने कम्पनीको विश्वास छ।

फोनपे नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो जुन नेपालको केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक) द्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको छ। F1सफ्ट समूहको सहायक कम्पनी, फोनपे एक ISO 27001:2013 प्रमाणित कम्पनी हो।

फोनपेले बैंक र वालेट ग्राहकहरू साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरू सक्षम पारेर नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयास गरिरहेको छ। कम्पनीले सञ्चालनमा बढी दक्षता हासिल गर्न र भुक्तानी प्रणालीहरूको पहुँच फराकिलो बनाउन प्रविधिको प्रयोग मार्फत मोबाइल भुक्तानी नेटवर्कमा नवीनता ल्याउनमा केन्द्रित छ।

प्रकाशित: २८ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया