काठमाडौं ।
आगामी पिक्सेल १० सिरिजले टेलिफोटो क्यामेराको साथ यसको आफ्नो बेस मोडेलमा उल्लेखनीय अपग्रेड ल्याउने तयारी गरेको छ। यदि लीक सत्य भएको खण्डमा, बेस (आधार) पिक्सेल मोडेलमा पहिलो पटक टेलिफोटो रहनेछ। एन्ड्रोइड हेडलाइन्सबाट आएको यो समाचारले अनलिक्ससँगको सहकार्यमा फोनको रेन्डरहरू खुलासा गरेका छ।
टेलिफोटो सहितको पिक्सेल १०
नजिकबाट निरीक्षण गर्दा, पछाडिको भागमा जम्मा तीनवटा लेन्सहरू देख्न सकिने र टेलिफोटो नयाँ लेन्स भएको बताइएको छ। यसको डिजाइन पूर्ववर्ती पिक्सेल ९ बाट धेरै हदसम्म अपरिवर्तित रहँदा, यो कदमले बेस पिक्सेल १० लाई बढ्दो प्रतिस्पर्धी पिक्सेल ए सिरिजबाट अझ फरक पार्ने लक्ष्य राखिएको छ।
स्रोतका अनुसार, पिक्सेल १० ले पिक्सेल ९ सँग लगभग समान आयामहरू र सेन्टर्ड पञ्च होलसहित उही फ्ल्याट ६.३–इन्च डिस्प्लेलाई कायम राख्नेछ। क्यामरा मोड्युलले मोटाईमा महत्त्वपूर्ण बम्प थप गरेको उल्लेख छ जसको प्रोट्रुसन(बम्प) ३.४ एमएम भएको रिपोर्ट गरिएको छ।
त्यसैगरी तेस्रो लेन्स म्याक्रो वा डेप्थ क्यामरा पनि हुन सक्ने बताइएको छ भने पिक्सेल ९ए को तुलनामा प्रोट्रुसनमा गरिएको यो वृद्धिका अनुसार ले यो टेलिफोटो हुन सक्छ भन्ने सुझाव दिएको उल्लेख छ।
पिक्सेल १० ले प्रो मोडेलको तुलनामा टेलिफोटोको लागि सानो सेन्सर प्रयोग गर्ने सम्भावना पनि रहेको बताइएको छ। त्यसैले, महँगो मोडेलको तुलनामा टेलिफोटोबाट ठ्याक्कै उस्तै इमेजिङ क्षमताको आशा नगर्नका लागि आग्रह गरिएको छ।
त्यसैगरी यो लीक भएको रेन्डर हुनाले पाठकहरूलाई यो भविष्यवाणी साकार हुन वा नहुन सक्छ भनी यस जानकारीलाई त्यसै अनुरुप लिनका लागि गीज्मोचाइनाले सल्लाह दिएको छ।
पिक्सेल १० सिरिज यस वर्षको उत्तरार्धमा लन्च हुने अपेक्षा गरिएको छ र यो गुगलको फ्ल्यागशिप स्मार्टफोन लाइनको १० औं पुनरावृत्ति हुनेछ। पछाडि रहेको तेस्रो लेन्स बाहेक, डिजाइन र आयामहरू सहित धेरैजसो अन्य पक्षहरू पिक्सेल ९ जस्तै रहेको उल्लेख छ।
प्रकाशित: २८ फाल्गुन २०८१, बुधबार