एक्स ‘ठूलो साइबर आक्रमण’ बाट प्रभावित भएको मस्कको दावी

  • Technology Khabar | २८ फाल्गुन २०८१, बुधबार
एक्स ‘ठूलो साइबर आक्रमण’ बाट प्रभावित भएको मस्कको दावी

काठमाडौं ।

एक्स ‘ठूलो साइबर आक्रमण’ बाट प्रभावित भएको ईलन मस्कले खुलासा गरेका छन्। उक्त आक्रमण “बहु स्रोतहरू प्रयोग गरेर” गरिएको  सामाजिक सञ्जाल प्लेटफर्मका प्रमुखले बताएको टेलिग्राफले रिपोर्ट गरेको छ।

सम्बन्धित समाचार

सामाजिक सञ्जाल ‘एक्स’मा फेरी आयो समस्या, एप र वेबसाइट दुबैमा लगइन र रिफ्रेस गर्न समस्या

उक्त आक्रमणमा एउटा ठूलो समन्वित समूह वा एक देश वा दुवै संलग्न भएको हुन सक्ने मस्कले दावी गरे। “एक्स विरुद्ध (अझै पनि) एउटा ठूलो साइबर आक्रमण भएको थियो” मस्कले भने।

“हामीलाई हरेक दिन आक्रमण गरिन्छ, तर यो धेरै स्रोतहरू प्रयोग गरेर गरिन्छ। यो या त ठूलो, समन्वित समूह हो वा एउटा देश नै संलग्न छ” अमेरिकी अर्बपतिले थप उल्लेख गरे।

सम्बन्धित समाचार

सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन, एप र वेबसाइट दुबैमा लगइन र रिफ्रेस गर्न समस्या

प्लेटफर्ममा सोमबार दिउँसोको आउटेजसँगै प्रयोगकर्ताहरू लग इन गर्न असमर्थ भएको टेक्नोलोजीखबरले रिपोर्ट गरेको थियो।

प्रकाशित: २८ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार