नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आज फाल्गुन २७ देखि खुला

  • Technology Khabar | २७ फाल्गुन २०८१, मंगलवार
नाडा अटो शो २०२५ को रजिष्ट्रेशन आज फाल्गुन २७ देखि खुला

काठमाडौं ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आागामी २०८२ भाद्र ३ देखि ८ गतेसम्म १७औं संस्करणको नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ।

काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने उक्त प्रदर्शनीको लागि आज (फागुन २७) देखि चैत्र ४ गतेसम्म स्टल बुकिङ्गका लागि रजिष्ट्रेशन खुल्ला गरिएकोे छ।

प्रदर्शनीमा भाग लिने सम्बन्धी गरिएको सर्वेक्षणको आधारमा स्टलका लागि अत्याधिक माग भएकाले विगतका संस्करणहरु जस्तै यस वर्ष पनि गोला प्रथाद्वारा नै स्टल उपलब्ध गराइने छ ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समुह अनुसार छुट्टाइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोबाइल कम्पनीहरुबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरुको तुलनामा यस वर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको हो ।

अर्थतन्त्रमा राजस्व संकलन र रोजगारी सृजनाका लागि विषेश योगदान पुर्याउँदै आइरहेको सवारी साधन क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आम उपभोक्ताहरूलाई यस नाडा अटो शो २०२५ ले सकारात्मक उर्जा एवं नवीनतम् प्रविधिहरुको साक्षात्कार गराउने आयोजक नाडाले विश्वास लिएको नाडा अटो शो समितिका सहसंयोजकअनुपकुमार बरालले जानकारी दिए।

प्रकाशित: २७ फाल्गुन २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • २७ फाल्गुन २०८१, मंगलवार