सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन, एप र वेबसाइट दुबैमा लगइन र रिफ्रेस गर्न समस्या

  • Technology Khabar | २६ फाल्गुन २०८१, सोमबार
सामाजिक सञ्जाल ‘एक्स’ विश्वभर डाउन, एप र वेबसाइट दुबैमा लगइन र रिफ्रेस गर्न समस्या

काठमाडौं ।

अपडेटः सामाजिक सञ्जाल ‘एक्स’ डाउन भएकोमा हाल रिस्टोर भएको छ। एप, वेबसाइट दुबैमा अपडेट गर्न सकिने भएको छ। तर के कारणले डाउन भएको हो भन्ने अझै जानकारी छैन्।

विश्वभर सामाजिक सञ्जाल ‘एक्स’ डाउन भएको छ। नेपालमा पनि सेवाग्राहीहरुले इलन मस्कको अधिनमा रहेको सामाजिक सञ्जाल एक्समा पहुँच पाउन सकेका छैनन्।

वेबसाइट डाउन भएको तथ्यांक राख्ने डाउनडिटेक्टरकाअनुसार एप, वेबसाइट र सर्भरमा समस्या भोगेको गुनासो देखिएको छ।

डाउनडिटेक्टरमा १७ हजार ८ सय भन्दा धेरैले गरेको गुनासोअनुसार, एक्सको एपमा ५७ प्रतिशतले समस्या भोगेका छन् भने ३४ प्रतिशतले वेबसाइटमा समस्या भोगेका छन्।

प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार