आइटी रोजगार मेला २०२५’ सम्पन्न

  • Technology Khabar | २५ फाल्गुन २०८१, आईतवार
आइटी रोजगार मेला २०२५’ सम्पन्न

काठमाडौं ।

प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गर्दै काठमाडौँमा आयोजित ‘डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी आइटी रोजगार मेला २०२५’ सम्पन्न भएको छ।

यहाँ सिफलस्थित डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले आयोजना गरेको उक्त मेलामा २९ कम्पनीको सहभागिता रहेको संयोजक श्यामसुन्दर खतिवडाले जानकारी दिए।

मेलाले विद्यार्थीलाई रोजगारका अवसर खोज्न र थाहा पाउन मद्दत गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनले बताए। “विद्यार्थीले आफ्नो क्षमतासँग जोडिएको जागिर कहाँ कसरी खोज्ने भन्ने अन्योल हुने गर्छ। त्यसकारण पनि यो रोजगार मेला आवश्यक देखिएको हो। यहाँ विद्यार्थी र रोजगारदाताले प्रत्यक्ष रूपमा भेटेर छलफल गरेका छन्। यहाँ आएर मेला अवलोकन गर्नेले मात्र पनि आइटी क्षेत्रमा रहेको सम्भावना र रोजगारीलाई बुझ्ने मौका पाउनु भएको छ”,  संयोजक खतिवडाको भनाइ छ।

उनले मेलामा सहभागी कम्पनीहरूले ‘इन्टर्नसिप’का साथै पूर्णकालीन र आंशिक जागिरका लागि आवदेनहरू लिएको बताए। इन्स्टिच्युटका प्रमुख हितेश कार्कीले पहिलोपटक सन् २०१६ मा मेलाको आयोजना गरिएका जानकारी दिँदै विद्यार्थी र रोजगारदातालाई एकै स्थानमा ल्याउन वातावरण निर्माणका लागि सहयोग पुग्ने भएकै कारण यसको प्रभावकारिता बर्सेनि बढिरहेको बताए।-रासस

प्रकाशित: २५ फाल्गुन २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार