मानव मस्तिष्क कोषहरूबाट बनेको कम्प्युटर सार्वजनिक

Technology Khabar २३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं ।

अष्ट्रेलियाली कम्पनी कोर्टिकल ल्याब्सले “विश्वको पहिलो प्रयोग गर्न जैविक कम्प्युटर” भनेर चिनिने कम्प्युटरको अनावरण गरेको छ, जसले मानव मस्तिष्क कोषहरूलाई सिलिकनमा आधारित कम्पोनेन्टहरूसँग जोड्दछ।

सीएल१ भनेर चिनिने यो प्रणाली बार्सिलोनामा एमडब्ल्यूसी २०२५ मा अनावरण गरिएको र यसले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) र मेसिन लर्निङमा सम्भावित एप्लिकेसनहरूको खोजी गरिरहेको उल्लेख छ।

सीएल१ मा रहने सिलिकन चिपको सतहमा प्रयोगशालामा मानव न्यूरोनहरूको संवर्धन गरिएको हुन्छ। यी न्यूरोनहरूमा इलेक्ट्रिकल सिग्नल (विद्युतीय संकेतहरू) मा प्रतिक्रिया दिने क्षमता हुन्छ, जसले जैविक मस्तिष्कले जस्तै जानकारी प्रशोधन गर्ने नेटवर्कहरू सिर्जना गर्दछ।

दुई–तर्फी सञ्चार सक्षम पार्न डिजाइन गरिएको यो प्रणालीमा विद्युतीय आवेगहरूले न्यूरोनहरूलाई उत्तेजित गर्दछ भने तिनीहरूको प्रतिक्रियाहरू रेकर्ड र विश्लेषण गरिने उल्लेख गरिएको छ। न्यूरोनहरूलाई जीवित राख्न, सीएल१ जीवन समर्थन प्रणालीले सुसज्जित गरिएको बताइएको छ जसले तापक्रम, ग्यास एक्सचेन्ज र तिनीहरूको कार्यको लागि आवश्यक अन्य अवस्थाहरूलाई नियमन गर्दछ।

सीएल१ को एउटा महत्त्वपूर्ण पक्ष भनेको विभिन्न कार्यहरू सिक्ने र अनुकूलन गर्ने क्षमता हो। टमको हार्डवेयर रिपोर्ट अनुसार, अघिल्ला अध्ययनहरूले न्यूरोन–आधारित प्रणालीहरूलाई साधारण भिडियो गेम खेल्ने जस्ता आधारभूत कार्यहरू गर्न तालिम दिन सकिन्छ भनि देखाएको टमको हार्डवेयर रिपोर्टले उल्लेख गरेको छ।

यी कम्प्युटरहरूको पहिलो ढुवानी जुन महिनामा सुरु हुने र प्रति युनिट लगभग ३५,००० अमेरिकी डलरको मूल्य ताकिने कोर्टिकल ल्याब्सले घोषणा गरेको छ।

अगाडि बढ्नको लागि ठूलो कदम वा नैतिक चुनौती?
कम्प्युटिङमा मानव न्यूरोनको प्रयोगले आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) विकासको भविष्यको बारेमा प्रश्न उठाएको छ। सीएल१ जस्ता जैविक कम्प्युटरहरूले विशेष गरी सिकाइ दक्षता र कम पावर खपतमा परम्परागत एआई मोडेलहरू भन्दा फाइदाहरू प्रदान गर्न सक्छन्। न्यूरोनको लचिलोपनले रोबोटिक्स, अटोमेसन र जटिल डाटा विश्लेषणमा सुधार ल्याउन सक्छ।

यस प्रविधिको स्केलेबिलिटी भने अनिश्चित रहेको उल्लेख गरिएको छ। परम्परागत प्रोसेसरहरू निर्माण गर्नु भन्दा न्यूरल–आधारित प्रणालीहरूको निर्माण र मर्मत धेरै जटिल हुनुका साथै दीर्घकालीन स्थिरता सुनिश्चित गर्नाले थप चुनौतीहरू खडा गर्ने बताइएको छ।

यसका साथै, मस्तिष्क कोषहरूको प्रयोगसँग सम्बन्धित नैतिक मुद्दाहरूलाई बेवास्ता गर्न नसकिने उल्लेख गरिएको छ। सीएल१ मा प्रयोग गरिएका न्यूरोनहरू प्रयोगशालामा कल्चर गरिएका थिए र तिनीहरूमा चेतना नहुने भए तापनि यस क्षेत्रमा थप प्रगतिका लागि नैतिक र नियामक मार्गदर्शन आवश्यक पर्न सक्ने उल्लेख गरिएको छ।

मानिस र मेसिन बीचको रेखा झन्झन् धमिलो हुँदै जाँदा, आगामी वर्षहरूमा यस प्रविधिमाथिको बहस तीव्र हुने अपेक्षा गरिएको टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया