बार्सिलोनामा एमडब्ल्यूसी २०२५ जारी, यस्ता छन् अपेक्षित प्रविधिहरु

  • Technology Khabar | २३ फाल्गुन २०८१, शुक्रबार
बार्सिलोनामा एमडब्ल्यूसी २०२५ जारी, यस्ता छन् अपेक्षित प्रविधिहरु

काठमाडौं ।

वार्षिक मोबाइल वर्ल्ड कांग्रेस (एमडब्ल्यूसी) बार्सिलोनामा सुरु भएको छ र यो हप्ता जारी रहने छ।

यस कार्यक्रममा आयोजकहरूले कनेक्टिभिटीको संसारका “दसौं हजार” संख्यामा रहेका नेताहरूलाई एउटै छानामुनि ल्याउने टेलिग्राफले रिपोर्ट गरेको छ।

यस पटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा विशेष ध्यान केन्द्रित गर्दै हरेक वर्ष मोबाइल फोन, ल्यापटप र उपभोक्ता प्रविधिको लागि अब के हुन्छ भनेर यस कार्यक्रममा हेर्न/देख्न पाइने मौका भएको उल्लेख गरिएको छ।

गुगल बार्सिलोनामा यस महिनाको अन्त्यमा एन्ड्रोइड फोनहरूमा आउने दुई नयाँ एआई सुविधाहरूको परीक्षण गरिरहेको कम्पनीले बताएको छ।

त्यसैगरी, एमडब्ल्यूसीमा केहि मोबाइल फोनहरूको भने व्यावसायिक स्तरको फोटोग्राफीमा उच्च फोकस (केन्द्रित) रहेको उल्लेख गरिएको छ।

यसैबीच, फोनहरूमा केन्द्रित नभए पनि चिनियाँ कम्पनी लेनोभोले यस वर्ष एमडब्ल्यूसीमा सम्भावित एआई ल्यापटपहरूको खुलासा गरेको छ।

प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...