गुगलले आफ्नो सर्च इन्जिनको ‘एआई–मात्र’ संस्करण परीक्षण गर्दै

Technology Khabar २३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं ।

अल्फाबेटको गुगलले बुधबार आफ्नो सर्च इन्जिनको प्रयोगात्मक संस्करण लन्च गरेको छ जसले एआई–उत्पन्न सारांशको पक्षमा यसको क्लासिक १० ब्लू (नीलो) लिङ्कहरू पूर्ण रूपमा हटाउने छ।

गुगल वान एआई प्रिमियमका सदस्यहरूका लागि उपलब्ध नयाँ सुविधा, ईमेज र म्याप्स जस्ता अवस्थित विकल्पहरूको छेउमा रहेको “एआई मोड” भनेर लेबल गरिएको ट्याबमा क्लिक गरेर कुनै पनि सर्च क्वेरीको परिणाम पेजमार्फत एक्सेस गर्न सकिने छ।

“हामीले पावर प्रयोगकर्ताहरूबाट सुनेका छौं कि उनीहरूले अझ बढी सर्च (खोज) हरूको लागि एआई रेसपोन्से (प्रतिक्रिया) हरू चाहन्छन्” उत्पादनका उपाध्यक्ष रोबी स्टेनले एक ब्लग पोस्टमा उल्लेख गरे।

गुगल वान एआई प्रिमियम प्रति महिना १९.९९ अमेरिकी डलरको योजना हो जसले एक्ट्रा (अतिरिक्त) क्लाउड स्टोरेज र केही एआई सुविधाहरूमा विशेष पहुँच प्रदान गर्दछ।

गुगलले हाल १०० भन्दा बढी देशहरूमा प्रयोगकर्ताहरूका लागि सान्दर्भिक वेबपेजहरूमा परम्परागत हाइपरलिङ्कहरूमा बढ्दो रूपमा देखा पर्ने एआई ओभरभ्युजहरू, समरीजहरू प्रदर्शन गर्दछ। यसले गत मेमहिनादेखि एआई ओभरभ्युजमा विज्ञापनहरू थप्न सुरु गरेको थियो।

एआई मोडको साथ, प्रयोगकर्ताहरूले उद्धृत वेबपेजहरूमा हाइपरलिङ्कहरू सहित थप व्यापक एआई समरीज (सारांश) देख्न सक्ने छन्। १० ब्लू लिङ्कहरू फलो–अप प्रश्नहरू सोध्नको लागि सर्च बारद्वारा प्रतिस्थापन गरिएको छ।

रिजनिङ क्यापाबिलिटिज (तर्क क्षमताहरू) सहितको जेमिनी २.० मोडेलको कस्टम भर्जनद्वारा सञ्चालित भइरहेको एआई मोडले यसलाई जटिल प्रश्नहरू ह्यान्डल गर्न अझ राम्रोसँग सुसज्जित बनाउँछ भनि गुगलले बताएको छ।

सन् २०२४ मा अल्फाबेटको ३५० बिलियन अमेरिकी डलर आम्दानीमा मुख्यतया सर्च–सम्बन्धित विज्ञापनले योगदान पुर्याएको थियो। गत अक्टोबरमा च्याटजीपीटीमा सर्च फङ्गसनहरू थपेको माइक्रोसफ्ट समर्थित ओपनएआईको नेतृत्वमा एआई च्यालेन्जरहरूबाट वर्षहरूमा गुगलले आफ्नो मुख्य व्यवसायमा सबैभन्दा ठूलो चुनौतीको सामना गरिरहेको उल्लेख छ।

“गुगलले सर्च (खोज) मा एआईलाई एकीकृत गर्ने सबैभन्दा ठूलो शर्त बनाएको छ” भनी लगानी प्रमुख रुथ पोराटले डिसेम्बरमा रोयटर्स नेक्स्ट सम्मेलनमा बताएका थिए।

फेब्रुअरीमा, पूर्वावलोकनले मौलिक सामग्रीको माग घटाएको र प्रतिस्पर्धा गर्ने प्रकाशकहरूको क्षमतालाई कम गरेको आरोप लगाउँदै एडटेक कम्पनी चेगले गुगलमाथि मुद्दा दायर गरेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया