एप्पलद्वारा नयाँ एम४ चिपयुक्त नयाँ म्याकबुक एयर मोडेलहरू सार्वजनिक

Technology Khabar २२ फाल्गुन २०८१, बिहीबार

काठमाडौं ।

एप्पलले बुधबार नयाँ एम४ चिप र आर्टिफिसियल–इन्टेलिजेन्स सुविधाहरू सहितको नयाँ म्याकबुक एयर मोडेलहरू लन्च गरेको छ। कम्पनीले बिक्री बढाउन र ग्राहकहरूलाई आफ्ना डिभाइसहरू अपग्रेड गर्न मनाउने उद्धेश्यको साथ नयाँ म्याकबुक एयर अघिल्लो पुस्ताको तुलनामा १०० अमेरिकी डलर कम मूल्यमा अनावरण गरिएको छ।

नयाँ म्याकबुक एयरको १३ इन्चको स्क्रिन भएका ल्यापटपहरूको नयाँ सिरिजको बेस भर्जन (आधार संस्करण) को मूल्य ९९९ अमेरिकी डलर हुनेछ भने १५ इन्चको म्याकबुक एयरको मूल्य १,१९९ अमेरिकी डलरमा सुरु हुनेछ। नयाँ म्याकबुक एयरको लागि प्रि–अर्डर बुधबारदेखि नै सुरु भएको र ल्यापटपहरू मार्च १२ तारिखदेखि स्टोरमा उपलब्ध हुनेछन्।

एआई–सक्षम पर्सनल कम्प्यूटरहरूको परिचयले यस वर्ष पीसी बजारमा पोस्ट–महामारीको गिरावट पछि पुनः आगमन गराउने अपेक्षा गरिएको छ।

च्याटजीपीटीमा पहुँच भएको सुविधाहरूको सेट सहितको एप्पल इन्टेलिजेन्सले प्रयोगकर्ताहरूलाई अन्य क्षमताहरू बीच इमेल, मेसेजहरू लेख्न र फोटोहरू सम्पादन गर्न अनुमति दिन्छ।

गत वर्षको अन्तमा एप्पलको आईफोनहरूमा एआई सुविधाहरूको सुइट डेब्यु गरेको थियो, र कम्पनीले धेरै प्रयोगकर्ताहरू आकर्षित गर्नका लागि विभिन्न भाषा र क्षेत्रहरूमा टुल्सहरू रोल आउट गरिरहेको छ।

एप्पलको म्याक बिक्री छुट्टीको त्रैमासिकमा ८.९९ बिलियन अमेरिकी डलर पुगेको थियो जुन विश्लेषकहरूले अनुमान गरेको ७.९६ बिलियन अमेरिकी डलर भन्दा माथि भएको भनि एलएसईजीको डाटाले उल्लेख गरेको छ।

यस बाहेक, एप्पलको सिलिकनको अघिल्लो पुस्ताको तुलनामा राम्रो प्रदर्शन गर्ने वाचा गर्दै कम्पनीले आफ्नो एम३ अल्ट्रा प्रोसेसर अनावरण गरेको छ।

नयाँ प्रोसेसर एप्पलको नयाँ म्याक स्टुडियो प्रोडक्टमा एक विकल्पको रूपमा उपलब्ध गराइनेछ जुन बुधबार अनावरण गरिएको छ। यसले कम्प्युटर भित्र ६०० बिलियन भन्दा बढी प्यारामिटरहरूसँग लार्ज ल्याङ्गवेज मोडेलहरू चलाउन सक्षम पार्नेछ।

एआई विकासकर्ताहरू, भिडियो र फोटो सम्पादकहरूलाई लक्षित गर्दै म्याक स्टुडियो डिभाइसहरूको नयाँ सिरिजको मूल्य १,९९९ अमेरिकी डलरमा सुरु हुनेछ।

एम३ अल्ट्रा चिप भएको म्याक स्टुडियो कम्तिमा ९६ गीगाबाइट मेमोरीको साथ आउँने बताइएको छ भने एम४ म्याक्स चिप भएको कम्प्युटर मेमोरी ३६ गीगाबाइटबाट सुरु हुने रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया