बेलायतको प्रतिस्पर्धा नियामकले माइक्रोसफ्ट-ओपनएआई सम्झौतामा छानबिन नगर्ने

  • Technology Khabar | २२ फाल्गुन २०८१, बिहीबार
बेलायतको प्रतिस्पर्धा नियामकले माइक्रोसफ्ट-ओपनएआई सम्झौतामा छानबिन नगर्ने

काठमाडौं ।

बेलायतले माइक्रोसफ्टको च्याटजीपीटी निर्माता ओपनएआईसँगको साझेदारीमा गरिएको छानबिन बन्द गर्ने निर्णय गरेको छ। सफ्टवेयर जायन्ट कम्पनीसँग ओपनएआईमाथि माथि जाँचको आवश्यकता पैदा गर्ने स्तरको नियन्त्रण नभएको उसले बताएको छ।

यो साझेदारी बेलायत र संयुक्त राज्य अमेरिकामा गत वर्ष स्टार्टअपको बोर्डमा विवादका सीईओ साम अल्टम्यानको प्रस्थान र फिर्ती भएपछि प्रतिस्पर्धा विरोधी जाँचको अधीनमा परेको रोयटर्सले उल्लेख गरेको छ।

बेलायती प्रतिस्पर्धा र बजार प्राधिकरण (सीएमए) का अनुसार माइक्रोसफ्टले सन् २०१९ मा ओपनएआईमाथि महत्त्वपूर्ण प्रभाव प्राप्त गरेको भए पनि त्यसपछि यसले वास्तविक नियन्त्रण प्राप्त नगरेको र यसैकारण यो बेलायतको विलय नियन्त्रण प्रणाली अन्तर्गत समीक्षा गर्न योग्य छैन।

माइक्रोसफ्टका प्रवक्ताले भने ओपनएआईसँगको साझेदारी र यसको निरन्तर विकासले “प्रतिस्पर्धा, नवप्रवर्तन, र जिम्मेवार एआई विकासलाई प्रवर्द्धन गर्ने बताए।

“व्यावसायिक वास्तविकताहरुको विचारपछि सीएमएको निष्कर्षलाई हामी स्वागत गर्दछौं, जसले आफ्नो अनुसन्धान बन्द गर्ने निर्णय गरेको छ,” प्रवक्ताले भने।

प्रकाशित: २२ फाल्गुन २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार