टाटा मोटर्सले सुरु गर्यो हाइड्रोजनबाट चल्ने ट्रकको परीक्षण

  • Technology Khabar | २१ फाल्गुन २०८१, बुधबार
टाटा मोटर्सले सुरु गर्यो हाइड्रोजनबाट चल्ने ट्रकको परीक्षण

काठमाडौं ।

भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले इन्धनको रूपमा हाइड्रोजन प्रयोग गर्ने ट्रकहरूको परीक्षण सुरु गरेको छ। अधिकांश ट्रकहरू डिजेलबाट चल्छन् र यो प्रदूषणको एउटा प्रमुख कारण हो।

भारतीय यातायात मन्त्री नितिन गडकरी र टाटा मोटर्सका कार्यकारी निर्देशक (वाणिज्यिक सवारी साधन) गिरीश वाघले आगामी दुई वर्षको लागि सडक परीक्षणका लागि १६ ओटा हाइड्रोजन ट्रकलाई झण्डा देखाएर प्रस्थान गरे। यी ट्रकहरू भारतीय मालवाहकका केही व्यस्त मार्गहरूमा सञ्चालन हुनेछन्। यसमा दिल्ली-एनसीआर, मुम्बई, पुणे र जमशेदपुर जाने रुटहरू समावेश रहेको भारतीय मिडियाहरुले रिपोर्ट गरेका छन्।

राष्ट्रिय हरित हाइड्रोजन मिसन अन्तर्गत, टाटा मोटर्सले हाइड्रोजन ट्रकहरूको परीक्षणको लागि भारतको नवीकरणीय ऊर्जा मन्त्रालयबाट टेन्डर प्राप्त गरेको हो। यी ट्रकहरूमा आन्तरिक कम्बस्टन  इन्जिनका साथै फ्यूल सेल (इन्धन कोष) हरू पनि जडान गरिएका छन्। तिनीहरूको दायरा लगभग ५०० किलोमिटर छ।

हाइड्रोजनबाट चल्ने ट्रकहरूमा उन्नत चालक-सहायक सुरक्षा सुविधाहरू छन् जसले परीक्षण अवधिमा चालकहरूलाई मद्दत गर्नेछ। टाटा मोटर्सका १५ ओटा हाइड्रोजनबाट चल्ने बसहरूको परीक्षण पहिले नै भइरहेको छ।

टाटा मोटर्सको विद्युतीय सवारी साधन भारतीय बजारमा अग्रणी स्थानमा छ। टाटा मोटर्सले ह्यारियरको ईभी संस्करण पनि ल्याउने योजना बनाएको जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार